Logo

२०८३, श्रावण ३०गते


images
images

भिजिट भिसा प्रकरण

संसदमा गृहमन्त्रीलाई बोल्न दिनुपर्छ- योगेश भट्टराई

संसदमा गृहमन्त्रीलाई बोल्न दिनुपर्छ- योगेश भट्टराई

images
  • संसदमा गृहमन्त्रीलाई बोल्न दिनुपर्छ- योगेश भट्टराई
    images
    images

    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले गृहमन्त्री रमेश लेखकलाई संसदमा आफ्ना कुरा राख्न दिनुपर्ने बताएका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै सचिव भट्टराईले एमालेको अडान हिजो र आज उस्तै भएको भन्दै गृहमन्त्री लेखकलाई संसदमा बोल्न दिनुपर्ने बताएका हुन्  ।

    images
    images
    images

    उनले तत्कालिन गृहमन्त्री रवि लामिछानेको विषयमा कांग्रेसले विरोध गर्दा पनि आफुहरुले संसदमा लामिछानेले आफ्ना कुरा राख्न पाउनुपर्ने अडान राखेका थियौं भन्दै अहिले पनि आफुहरु लेखकले बोल्न पाउनुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गरेका छन्  । 

    images
    images
    images

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद् सुचारु हुन नदिने विपक्षीको अडान कायम रहेको बेला भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

    उनले भनेका छन् :

    हामी त हिजो पनि उही, आज पनि उही !  तत्कालिन गृहमन्त्री रवी लामिछानेमाथि सहकारी ठगीको आरोप सहित तत्कालिन प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा कुरा उठायो । रवीजीले संसदमा बोल्ने समय माग्नु भयो । कांग्रेसले बोल्न नदिने अड़ान लियो । हामीले कांग्रेसको अड़ान गलत छ, गृह मन्त्रीलाई बोल्न दिनु पर्छ भन्यौ । अन्ततः कांग्रेस अड़ानबाट पछि हट्यों । रवीजीले संसदको सोस्टमबाट आफनो बचाउ गर्नु भयो । 

    आज साइकलको पांग्रा त्यही ठाउमा आईपुग्यो । हिजो गृहमन्त्रीलाई बोल्न नदीने आज सत्ता पक्ष, गृह मन्त्रीलाई बोल्न दिनुपर्छ भन्नेहरू प्रतिपक्ष ।  हाम्रो अड़ान हिजो पनि त्यही थियो, आज पनि त्यही छ ।  संसदमा गृहमन्त्रीलाई बोल्न दिनुपर्छ ।  संसद सुचारू गर्नु पर्छ । संवाद गर्ने थलो संसद हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गृहमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।