काठमाडौँ । संसदको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गरिरहेका छन् ।
विपक्षी दलहरुले भिजिट भिसा प्रकरणको छानबिन गर्न आयोग बनाउनुपर्ने मागमा आफ्नो अडान नछोडेपछि संसद बैठक बस्न सकेको छैन ।
यसअघि गृहमन्त्री रमेश लेखकको राजीनामाको मागलाई जोडदार रुपमा उठाउदै आएका विपक्षी दलहरुले मंगलबारदेखि भिजिट भिसा प्रकरणको छानबिनमा जोड दिएका छन् ।
सत्ता पक्ष भनेअहिलेसम्म छानबिन समिति वा आयोग गठन गर्न तयार देखिएको छैन । सत्ता पक्षले अख्तियारले छानबिन गरिरहेकाले अहिले कुनै अन्य छानबिन समितिको आवश्यकता नरहेको बताउदै आएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology