Logo

२०८३, श्रावण ३०गते


images
images

भिजिट भिसा प्रकरण

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन असम्भव : एमाले

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन असम्भव : एमाले

images
  • भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन असम्भव : एमाले
    images
    images

    काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणका सम्बन्धमा प्रतिपक्षी दलहरुले अघि सारेका मागहरु कुनैपनि हालतमा पूरा हुन नसक्ने टिप्पणी गरेका छन् । बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले गृहमन्त्रीले सार्वजनिक रुपमा उठेका प्रश्नहरुको संसदमा जवाफ दिने भन्दा पनि प्रतिपक्षीहरुले अवसर नदिएको भन्दै आपत्ति जनाए ।

    images
    images
    images

    उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान प्रतिवेदन सार्वजनिक नभएसम्म कुनैपनि छानबिन समिति नबन्ने जिकिर गरे । संवैधानिक आयोगभन्दा ठूलो कुनैपनि छानबिन समिति हुन नसक्ने उनको भनाइ छ । 

    images
    images
    images

    बर्तौलाले गृहमन्त्रीले राजीनामा पनि नदिने र छानबिन समिति पनि नबन्ने उल्लेख गर्दै प्रतिपक्षीहरु पछि हटेर संसदको गतिरोध खुलाउन भुमिका खेल्नुपर्ने बताए । 

    images
    images
    images

    उनले भने, ‘जबसम्म संवैधानिक आयोगले गरिरहेको छानबिनको प्रतिवेदन आउँदैन तबसम्म कुनैपनि समिति बन्ने स्थिति देखिदैन । माननीय गृहमन्त्रीज्यूका बारेमा सार्वजनिक रुपमा कसैले प्रश्न गर्यो । त्यसको जवाफ संसदबाट दिन्छु भनेर उहाँले पटक पटक भनिरहनुभएको छ । त्यो अवसर अपोजिसनले दिइरहनुभएको छैन ।’ 

    त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा विदेश जानेहरुबाट रकम असुली प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृहमन्त्रालयका सहसचिव तीर्थ भट्टराई सहितका कर्मचारीहरुमाथि अनुसन्धान थालेपछि गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग राख्दै प्रतिपक्षी दलहरुले संसद बैठक अवरुद्ध गर्दै आएका छन् । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।