काठमाडौँ । भारतीय क्रिकेटर पियुष चावलाले सबै खाले क्रिकेटबाट सन्यास लिएका छन् ।
३६ बर्षिय चावलाले शुक्रवार एक विज्ञप्तिमार्फत आफ्नो करिब २० बर्षको क्रिकेट खेलाडीको यात्रालाई पूर्णविराम लगाएको घोषणा गरेका हुन् ।
चावला भारतले २००७ को टी-२० विश्वकप विजेता टिम र भारतले २०११ को एकदिवसीय विश्वकप विजेता टिमको सदस्य थिए ।
चावलाले आइपीएलमा पञ्जाव किंग्स, कोलकोता नाइटराइडर्स, चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्स जस्ता फ्रेन्चाईजीबाट खेलेका थिए । आइपिएलमा चावलाले प्रभावकारी बलरको रुपमा आफ्नो पहिचान बनाएका थिए । उनले आफ्नो आइपिएल क्यारियरमा कुल १९२ खेलमा १९२ विकेट लिएका छन् । उनी आइपीएलमा सबैभन्दा बढी विकेट लिने खेलाडीमा तेस्रो स्थानमा रहेका छन् ।
चावलाले अघिल्लो बर्ष उत्तर प्रदेशबाट घरेलु क्रिकेट खेलेका थिए भने भारतका लागि अन्तराष्ट्रिय खेल भने पछिल्लो पटक २०१२ मा खेलेका थिए । उनले भारतका लागि ३ टेस्ट, २५ एकदिवसीय खेल र ७ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology