Logo

२०८३, श्रावण ३०गते


images
images

शिक्षा

बुद्ध पब्लिककी अनुष्का जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम

बुद्ध पब्लिककी अनुष्का जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम

images
  • बुद्ध पब्लिककी अनुष्का जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम
    images
    images

    देवदह । नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयकी छात्रा अनुष्का भण्डारी प्रथम भएकी छन् । देवदह नगरपालिकाको प्रतिनिधित्व गर्दै भण्डारी प्रतियोगितामा सहभागी भएकी हुन् । 

    images
    images
    images

    जिल्लाका १६ वटा पालिकामध्ये प्रतियोगितामा सहभागी १४ वटा पालिकाका २७ जना प्रतियोगीलाई पछाडि पार्दै अनुष्का उत्कृष्ट भएको विद्यालयले जनाएको छ । सेतोमसीसंग कुरा गर्दै विद्यालयका प्राचार्य कृष्ण प्रसाद गैरेले अनुष्का भण्डारीको सफलता सिंगो देवदह नगरपालिकाको सफलता भएको बताए । 

    images
    images
    images

    'वित्तिय साक्षरता प्रवर्धनमा विद्यालय शिक्षाको भूमिका' विषयक वक्तृत्वकलामा प्रस्तुतिको आधारमा पहिलो स्थान प्राप्त गरेकी भण्डारीलाई आयोजक संस्थाले नगद र प्रमाणपत्रसहित सम्मान गरेको छ ।

    images
    images
    images
    anuska bhandari badhaai.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।