Logo

२०८३, आश्विन ९गते


images
images

कविता

कविता - 'म' 

कविता - 'म' 

images
  • कविता - 'म' 
    images
    images

    कविता - 'म' 

    images
    images
    images

    जन्मिदैमा भोट गन्ती भएको मान्छे हुँ म
    बामे सर्दै गर्दा झण्डा बोकाइएको ब्यक्ती हुँ म
    सर्टिफिकेट मिल्काएर पासपोर्ट बनाएको जनता हुँ म
    प्रशासनले नागरिकता नथमाउँदै
    पार्टीले सदस्यता थमाएको युवा हुँ म । 

    images
    images
    images

    धुलिखेलको जिपलाइनमा प्रचण्डहरु मच्चिदै गर्दा
    बालुवाटार देखि बालकोट सम्म ओलिहरु गुड्दै गर्दा
    बैतडीको आकाशमा देउवाहरु उड्दै गर्दा
    आँसु पुछ्दै फुलपातीको दिनमा बिमानस्थल छोड्दै गरेको नेपाली हुँ म । 

    images
    images
    images

    न्यायको तराजुमा चोलेन्द्रको भागबन्डा हेर्दै
    एमसिसीमा भिम रावलको रास्ट्रवाद नियाल्दै
    मन्त्री बन्न प्रेम आलेको इमानदारीता पछ्याउँदै 
    नेताहरुको च्यांखे दाउ र झिंगे दाउले आजित
    कानुनले कलम रोकेको
    ॠणले घाँटी थिचेको
    गुण्डाले मुख थुनेको नागरिक हुँ म। 

    न्याय कै खोजीमा दाङ देखि काठमाडौ 
    पैदल आएका चेलीहरु 
    उखुको आँशुले काठमाडौका सडकहरु
    तरलम्मै भिजाएका किसानहरु 
    घरको जमरा सेलाएकै दिन 
    खेतमा जमरा उमार्ने किसान हुँ म । 

    - रामचन्द्र तिम्सिना (आवाज)
    म्यागङ ५ सामरी, नुवाकोट

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कविता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।