Logo

२०८३, श्रावण ३०गते


images
images

१२ देशका नागरिकलाई अमेरिकाको प्रतिबन्ध आजदेखि लागु

१२ देशका नागरिकलाई अमेरिकाको प्रतिबन्ध आजदेखि लागु

images
  • १२ देशका नागरिकलाई अमेरिकाको प्रतिबन्ध आजदेखि लागु
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका मानिसहरूलाई अमेरिका आउन पूर्ण रूपमा प्रतिबन्ध लगाउने आदेश आजदेखि कार्यान्वयनमा आएको छ । 

    images
    images
    images

    प्रतिबन्ध लगाइएका देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन रहेका छन् । 

    images
    images
    images

    यी बाहेक ७ देशका नागरिकहरूमा पनि आंशिक प्रतिबन्ध लगाइएको छ । यो आप्रवासन र गैर-आप्रवासन भिसा दुवैमा लागू हुनेछ । जसमा बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला रहेका छन् ।

    images
    images
    images

    अमेरिकी विदेश विभागका अनुसार, पूर्ण प्रतिबन्धको अर्थ त्यो देशका अधिकांश नागरिकहरूलाई अमेरिका प्रवेश गर्न पूर्ण रूपमा प्रतिबन्ध हुने छ । यसमा पर्यटक भिसा, विद्यार्थी भिसा, काम भिसा र आप्रवासी भिसा खोज्ने व्यक्तिहरू समावेश रहेको विदेश बिभागले जनाएको छ । अर्कोतर्फ, आंशिक प्रतिबन्धको अर्थ त्यो देशका नागरिकहरूका लागि केही विशिष्ट प्रकारका भिसा वा प्रवेश प्रतिबन्धित हुने छन् ।

    साथै ट्रम्पले अन्य देशका नागरिकहरूलाई भिसा जारी गर्दा सावधान रहन आग्रह गरेका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अमेरिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।