Logo

२०८३, श्रावण ३१गते


images
images

२३ वटा विषय समेट्दै देवदहले प्रस्तुत गर्यो नीति तथा कार्यक्रम

२३ वटा विषय समेट्दै देवदहले प्रस्तुत गर्यो नीति तथा कार्यक्रम

images
  • २३ वटा विषय समेट्दै देवदहले प्रस्तुत गर्यो नीति तथा कार्यक्रम
    images
    images

    देवदह । देवदह नगरपालिकाले आर्थिक बर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । १६ औं नगर अधिवेशन मार्फत नगर प्रमुख धुव्रप्रसाद खरेलले आर्थिक बर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 

    images
    images
    images

    ‘समृद्ध देवदह, सुखी देवदहवासी’को परिकल्पना पुरा गर्ने लक्ष्य र एक दर्जन बढि नाराहरु सहित नगर प्रमुख ध्रुव प्रसाद खरेलद्धारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा कृषि, सहकारी पशुपालन, पर्यटन, शिक्षा, स्वास्थ्य, लगाएतलाई प्राथमिकतामा राखिएको छ । 

    images
    images
    images

    कुल २३ वटा विषय उल्लेख गरेर प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा कृषि तर्फ उत्पादन बृद्धि गर्नको लागि विभिन्न पकेट क्षेत्र घोषणा गरी प्रवद्र्धन गर्दै अगाडि बढ्ने, प्रागारिक मल प्रयोग गर्न प्रोत्साहन गर्ने, वाझो जग्गालाई उत्पादन संग जोड्ने उल्लेख गरिएको छ । 

    images
    images
    images

    नीति तथा कार्यक्रममा देवदह क्षेत्रमा रहेका पुरातात्विक स्थल, कला, संस्कृति र परम्पराको संरक्षण सम्वद्र्धन गर्ने, पुरातात्विक क्षेत्रको उत्खनन् गर्ने र गरिवी निवारणको लागि प्रमुखसंग उद्यमी रोजगार कार्यक्रमलाई निरन्तरता दिने नगर प्रमुख खरेलले बताए । 

    यसैगरी शिक्षामा सुधार, प्राविधिक शिक्षा तथा प्रविधिमा आधारित शिक्षा सिकाईलाई प्राथमिकता दिने, शिक्षक, कर्मचारी, जनप्रतिनिधिका वालवालिकालाई सामुदायिक विद्यालयमा पढाउने वातावरण तयार गर्दै जाने उल्लेख गरिएको छ ।

    स्वास्थ्य तर्फ विमालाई प्रभावकारी बनाउने, निशुल्क रगत उपलव्ध गराउने कार्यक्रमलाई निरन्तरता दिने उल्लेख छ । 

    युवा तथा खेलकुद तर्फ एक वडा एक खेलमैदानको व्यवस्था गर्ने उल्लेख गरिएको छ भने खुद्रा योजनालाई निरुसाहित गर्दै कम्तीम ५ लाख भन्दा तलको योजनामा अगाडि नसार्ने, घरबाट निस्कने फोहोरलाई बर्गीकरण गरी प्रागारिक मलको रुपमा उपयोग गर्ने, फोहोरलाई मोहरको रुपमा परिणत गर्ने गरी योजना निर्माण गर्ने नीति तथा कार्यक्रम मार्फत बताईएको छ । 

    nagar sabha 1.jpg

    १६औं अधिवेशनमा नगर सभा सदस्य णप्रसाद न्यौपाने, अमर लामिछाने, चमकान्त गौडेल, डोलराज न्यौपानेले लगाएतले नीति तथा कार्यक्रम प्रति संशोधन प्रस्ताव प्रस्तु गरेका थिए । उनीहरुले आवश्वासनको लागि मात्र नीति तथा कार्यक्रम आउने तर कार्यान्वयन नुहने, एक सहकारी एक उत्पादन योजना अगाडि सार्नुपर्ने, छाडा चौपायालाई व्यवस्थापन गर्न योजना निर्माण गर्नुपर्ने, राष्ट्रिय आवास कम्पनीको जग्गाको लालपुर्जाको विषय नीति तथा कार्यक्रमा समावेश गर्नुपर्ने, देवदह मण्डप नाममा मात्र सिमित गरिएको लगाएतका विषयहरु उठान गरेका थिए । 

    नगर सभाको क्रममा उठेका विषयवस्तु माथि प्रकाश पार्दै नगर प्रमुख खरेलले नीति तथा कार्यक्रमलाई टेकेर मात्र योजना अगाडि सार्ने प्रतिवद्धता व्यक्त गरे । उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको अध्यक्षता र योजना शाखाका अधिकृत रमेश गिरीको सञ्चालनमा कार्यक्रम भएको हो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नीति तथा कार्यक्रम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।