काठमाडौँ । प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।
सभामुखको सचिवालयका अनुसार बैठक बुधवारअपराहन्न १ बजेसम्मका लागि स्थगित भएको हो ।
यसअघि आज बसेको बैठकमा पनि विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेका थिए ।
सदनको अवरोध खुलाउनको लागि विपक्षीहरु लचिलो बनेको भनिएपनि रास्वपाको अडान कायम रहेपछि अवरोध कायमै भएको हो । रास्वपाले आज भिजिट भिसा प्रकरणमा पाँच बुँदे प्रस्ताव अगाडी सारेर आफुहरु आफ्नो अडानमा कायम रहेको सन्देश दिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology