Logo

२०८३, श्रावण ३०गते


images
images

क्रिकेट

वेस्ट इन्डिजका निकोलस पूरनको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

वेस्ट इन्डिजका निकोलस पूरनको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

images
  • वेस्ट इन्डिजका निकोलस पूरनको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
    images
    images

    काठमाडौं । वेस्टइन्डिजका विकेटकिपर ब्याट्सम्यान निकोलस पूरनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । २९ बर्षिय पुरनले अन्तर्राष्ट्रिय क्रिकेटलाई अल बिदा गरेको वेस्ट इन्डिज क्रिकेट बोर्डले जानकारी दिएको छ ।  ट्रिनिडाडका पूरनले वेस्टइन्डिजका लागि सबैभन्दा बढी १०६ टी-२० खेल खेलेका छन् । 

    images
    images
    images

    पुरनले फ्रेन्चाईजी क्रिकेटमा आफ्नो ध्यान केन्द्रित गर्न राष्ट्रिय टिमबाट सन्यास लिएको बताइएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले पूरनका उपलब्धिहरूको सम्मान गर्दै उनको योगदानका लागि धन्यवाद दिएको छ ।

    images
    images
    images

    पुरन आइपिएल टिम लखनउ सुपर जाइन्टसहित मेजर लिग क्रिकेट एमएलसीमा एमआई न्यूयोर्क, सिपिएलमा ट्रीनिडाड एण्ड टोबागो जस्ता फ्रेन्चाईजीबाट खेलिरहेका छन् । 

    images
    images
    images

    उनले पछिल्लो पटक सन् २०२४ को डिसेम्बरमा बंगलादेशविरूद्ध टी-२० खेलेका थिए । तर जुलाई २०२३ यता एकदिवसीय एकदिवसीय खेल खेलेका छैनन् भने  टेस्ट क्रिकेट भने खेलेकै छैनन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # निकोलस पूरन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।