Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

बंगलादेशको राजधानी ढाकामा प्रदर्शन गर्न अनिश्चितकालीन प्रतिबन्ध

बंगलादेशको राजधानी ढाकामा प्रदर्शन गर्न अनिश्चितकालीन प्रतिबन्ध

images
  • बंगलादेशको राजधानी ढाकामा प्रदर्शन गर्न अनिश्चितकालीन प्रतिबन्ध
    images
    images

    काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसविरुद्ध विरोध प्रदर्शन तीव्र भएको छ । विपक्षी दलहरू, सरकारी कर्मचारीहरू, शिक्षकहरू र सेनामा पनि आक्रोश बढ्दै गएको छ । यसैबीच, ढाका महानगरीय प्रहरीले राजधानीको केन्द्रमा हुने सबै र्‍याली, विरोध र सार्वजनिक सभाहरूमा अनिश्चितकालीन प्रतिबन्ध छ ।

    images
    images
    images

    बंगलादेशी मिडियाहरुका अनुसार ढाका प्रहरीले मोहम्मद युनुसको आधिकारिक निवास 'जमुना गेस्ट हाउस' र बंगलादेश सचिवालय वरपरको क्षेत्रलाई पूर्ण रूपमा सिल गरेको छ । सचिवालयमा काम गर्ने अधिकारी र कर्मचारीहरूले सरकारको अध्यादेशको विरोध गरिरहेका बेला यो कदम चालिएको हो ।

    images
    images
    images

    यसअघि मे १० मा सरकारले सरकारी भवनहरूको सुरक्षाका लागि सीमा सुरक्षा बल र प्रहरी स्वाट टोलीहरू पनि खटाएको थियो ।

    images
    images
    images

    हाल, ईद बिदाका कारण विरोध केही समयको लागि रोकिएको छ, तर सरकारी कर्मचारीहरूले जुन १५ सम्ममा आफ्ना मागहरू पूरा नभए देशभरका सरकारी कार्यालयहरूमा ठूलो आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

    अगस्ट २०२४ बाट सत्तामा आएको मोहम्मद युनुसको अन्तरिम सरकार पहिले नै विपक्षी दल बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) ले चुनावको समयसीमा तोक्न माग गर्दै घेरिएको छ । सेना प्रमुख वाकर-उज-जमानले डिसेम्बर २०२५ सम्ममा चुनाव गराउन पनि सल्लाह दिएका छन् । साथै, युनुसले अप्रिल २०२६ मा चुनाव गराउने संकेत गरेका छन्, जसले सत्तामा रहने उनको मनसायमाथि शंका बढाएको छ ।

    सरकारी कर्मचारीहरूसँगै देशभरका हजारौं प्राथमिक विद्यालयका शिक्षकहरूले पनि तलब वृद्धि लगायतका धेरै मागहरूलाई लिएर अनिश्चितकालीन हडतालमा उत्रिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बंगलादेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।