कृष्ण अन्जान, गुल्मी । ऐतिहासिक रुरु धामकाे रिडीबजारमा विहिवारदेखि गाउँपालिका स्तरिय खुल्ला क्रिकेट प्रतियोगिता शुरु भएकाे छ ।
स्थानीय रुरुखेल मैदानमा आयाेजित क्रिकेट प्रतियोगिताकाे रुरुक्षेत्र गाउँ पालिका वडा न १ का वडाध्यक्ष रामलाल विकले उद्घाटन गरे ।
क्रिकेट प्रतियोगिताका उद्घाटन कार्यक्रममा बाेल्दै अध्यक्ष विकले युवाहरुलाई खेल तर्फ उन्मुख बनाउने लक्षका साथ आफुले खेलकुदलाई प्राथमिकतामा राखेकाे बताए । हरेक पटक आयाेजना हुने खेलकुदका लागि आफुले सहयाेग गरिरहेकाे बताउँदै अध्यक्ष विकले वडाकाे खेलकुदकाे विकासका लागि आगामि वर्षहरुमा बजेट विनियाेजन गरिने बताए ।
उद्घाटन कार्यक्रममा आफ्नाे धारणा राख्दै रुरुक्षेत्रका युवा नेता तथा प्रदेश सरकारका पुर्व सामाजिक विकास मन्त्री सुदर्शन वरालका स्वकीय सचिव रहिसकेका यदु ज्ञवालीले युवाहरुलाई खेल जगतबाट अगाडि बढाउनु पर्ने धारणा राख्दै खेलका सँरचनाहरु खेल मैदान कभर्डहलकाे निर्माण कार्यलाई पुर्णता दिन प्रदेश र सँघिय सरकार सँग आफुले पहल गरि रहेकाे बताए ।
खेलकुदका लागि उपयुक्त खेल मैदान कभर्डहल काे आवस्यक्ता पर्ने र रुरुक्षेत्रकाे रिडीमा निर्माणाधीन खेल मैदान र कभर्डहलकाे निर्माण कार्य सम्पन्न गर्न सके राष्ट्रिय र क्षेत्रिय प्रतियोगिता खेल्न समेत सहज हुने र रुरुक्षेत्रकाे धार्मिक पर्यटनलाई खेलकुद सँग जाेड्न सकिने यदु ज्ञवालीले बताए ।
फ्रेन्ड्स क्लव रिडीले आयाेजना गरेकाे पालिकास्तरीय क्रिकेट प्रतियोगितामा स्थानिय समाजसेवी नारायण पौडेल सुवर्ण लाल कक्षपति इलाका प्रहरी कार्यालय रिडीका ईन्चार्ज शुभराज बम, नेपाली काँग्रेसका युवा नेता अमूल्य श्रेष्ठ, वाई सिएलका जिल्ला अध्यक्ष अशाेक श्रेष्ठ लगायतकाे उपस्थिति रहेकाे थियाे ।
फ्रेन्डस क्लव रिडीका अध्यक्ष प्रयास कसजुकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा क्लवका सदस्य प्रकाश सुर्यवँसीले स्वागत गरेका थिए ।
विहीवार देखि शनिवार सम्म आयाेजना हुने पालिकास्तरिय खुल्ला क्रिकेट प्रतियोगिताका लागि १४ टिमले सहभागिता जनाएका छन ।
प्रथम हुनेलाई २० हजार नगद ट्रफि र प्रमाण पत्र र द्वितिय हुनेलाई १० हजार नगद सहित ट्रफि र प्रमाण पत्रकाे व्यवस्था गरिएकाे अायाेजक सँस्थाले बताएकाे छ ।
टिम दर्ता शुल्क प्रतिटिम तीन हजार तय गरिएकाे छ ।
रिडी बजारकाे बगर क्षेत्रमा रहेकाे खेल मैदान लाई प्याराफिट सहित स्तराेन्नति गर्न सके रिडीबजारमा सिजनल रुपमा राष्ट्रिय र क्षेत्रिय प्रतियोगिता गर्न सकिने र रुरुक्षेत्रलाई खेल पर्यटनको रुपमा विकास गर्न सकिने देखिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology