देवदह । उद्योग व्यापार संघ देवदहको अह्यक्षमा गणेश कुमार खाती सर्वसम्मत निर्वाचित भएका छन् । संघको शनिवार सम्पन्न पाचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले खातीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा अमृत बहादुर फुल्लेल क्षेत्री, वाणिज्य उपाध्यक्षमा ओम बहादुर परियार, महिला उपाध्यक्षमा जित कुमारी राना र उद्योग उपाध्यक्षमा गंगा बहादुर विक चयन भएका छन् । यस्तै महासचिवमा धन बहादुर पुँवर, सचिवमा विनिराम सोमै र कोषाध्यक्षमा पदमराज पौडेल निर्वाचित भएका छन् ।
संघको कार्यसमिति सदस्यहरुमा शान्ता आचार्य, शिवलाल विक, बलराम चापागाईं र गणेश विक रहेका छन् ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै नेपाल उद्योग व्यापार महासंघका महासचिव खेमनारायण पराजुलीले साना तथा मझौला उद्योगी व्यवासयीहरुको व्यापार विस्तार, व्यवसायीमैत्री वातावरण निर्माण तथा बन्द उद्योगहरू सञ्चालन गर्न व्यवसायिक संघ संगठनहरुले भुमिका खेल्नुपर्ने बताए ।
उनले अर्थतन्त्र मजबुत बनाउनको लागि व्यवसायीहरुलाई एकजुट बनाउने, आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने, व्यावसायिक एकता कायम गर्ने लगायतका कामहरूलाई महासंघले विशेष प्राथमिकता दिएको बताए । महासचिव पराजुलीले स्थानीय उत्पादन बढ्दै गए पनि यसको पूर्ण बजारीकरण हुन नसकेको र त्यसको दिगो व्यवसायीकरण, बजारीकरण र निर्यातकाको लागि नेपाल उद्योग व्यापार महासंघले साना र मझौला उद्यमीसँग मिलेर काम गर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग व्यापार महासंघका केन्द्रिय सदस्य मनिष कुमार जोसीले देशलाई राज्यले वैदेशिक रोजगार प्रबर्दन केन्द्र जस्तै बनाएको आरोप लगाए । युवाहरुको विदेश पलायनका कारण देशमा दक्ष जनशक्तिको अभाव भएको भन्दै उनले स्वदेशमै रोजगारी सृजना गर्न राज्यलाई दबाब दिनुपर्ने बताए ।
कार्यक्रममा नेपाल उद्योग व्यापार महासंघकाका केन्द्रिय सदस्यद्वय गोविन्द बहादुर ठडराई, गोविन्द गैरे, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सचिवालय सदस्य, खरिन्द्र विक सुजितु, प्रदेश कमिटि सदस्य मोतिलाल ढकाल, गोविन्द पंगेनी, नेपाल उद्योग व्यापार महासंघका लुम्बिनी प्रदेश कोषाध्यक्ष परशुराम कंडेल, माओवादी केन्द्र देवदहका नगर अध्यक्ष दिपक न्यौपाने लगायतको उपस्थिति थियो ।
संघका कार्यवाहक अध्यक्ष अमृत बहादुर फुल्लेलको अध्यक्षता, उपाध्यक्ष जित कुमारी रानाको स्वागत र केदारनाथ काफ्लेको सञ्चालनमा कार्यक्रम भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology