Logo

२०८३, आश्विन १७गते


images
images

उद्योग व्यापार संघ बुटवलको रक्तदान कार्यक्रम, ७९ पिन्ट रगत संकलन

उद्योग व्यापार संघ बुटवलको रक्तदान कार्यक्रम, ७९ पिन्ट रगत संकलन

images
  • उद्योग व्यापार संघ बुटवलको रक्तदान कार्यक्रम, ७९ पिन्ट रगत संकलन
    images
    images

    बुटवल । उद्योग व्यापार संघ बुटवलले आयोजना गरेको रक्तदान कार्यक्रममा ७९ पिन्ट रगत संकलन भएको छ ।

    images
    images
    images

    बाढी, पहिरो लगायत प्राकृतिक विपत्तिका कारण रगतको अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सोमबार रक्तदान कार्यक्रम आयोजना गरिएको संघका महासचिव विजय आचार्यले बताए ।

    images
    images
    images

    रक्त सञ्चार केन्द्र बुटवलमा आयोजित कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, साधारण सदस्य, सल्लाहकार तथा शुभेच्छुकहरूले रक्तदान गरेका थिए ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष खिमनारायण पराजुलीले निजी क्षेत्रले उद्यम गर्ने, रोजगारी सिर्जना गर्ने र राज्यलाई कर तिर्ने कामसँगै रक्तदानजस्ता सामाजिक कार्यमा समेत संलग्न हुनु मानवीय कार्य भएको बताए ।

    संघका अध्यक्ष लोकनाथ पन्थीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रगतको अभावमा कसैको उपचार प्रभावित नहोस् र कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।

    केशव पौडेलले संयोजन गरेको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष पदम जीसी, उपाध्यक्ष केशव श्रीष लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उद्योग व्यापार संघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।