Logo

२०८३, आश्विन १७गते


images
images

प्रतिनिधि सभा

प्रतिनिधि सभाको बैठक बस्दै, के छन् कार्यसुची

प्रतिनिधि सभाको बैठक बस्दै, के छन् कार्यसुची

images
  • प्रतिनिधि सभाको बैठक बस्दै, के छन् कार्यसुची
    फाइल फोटो
    images
    images

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतवार बिहान ११ : ०० बजे बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने छ । 

    images
    images
    images

    संघीय संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवम् उपराष्ट्रपति कार्यालयको विनियोजनमाथि छलफल हुनेछ । 

    images
    images
    images

    यस्तै, सांसदहरूले राखेको खर्च कटौती सम्बन्धि प्रस्ताव समेत बैठकमा पेस हुनेछ ।

    images
    images
    images

    यसैगरी, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यतालिका पनि रहेको छ । सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची तय भएको संघीय संसद् सचिवालयले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।