बर्दिया । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका (१) बैदी डेरा गरी बस्ने सोही नगरपालिका-८ थानफेना घर भएका १९ वर्षीय बसन्त बिसीलाई दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बसन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology