रमेश बहादुर सिह, बझाङ । जिल्ला हुलाक कार्यालय बझाङ मार्फत संचालन भएको हुलाक बचत बैंकविरुद्ध बचतकर्ताहरूले आजबाट धर्ना बसेका छन्।
हुलाक बचत बैंकमा आफूहरूले बचत गरेको रकम दुई वर्षदेखि नपाएको भन्दै बजार परिक्रमा गरी धर्ना बसेका छन्।
जिल्ला हुलाक कार्यालयका प्रमुख तथा केही कर्मचारीको मिलोमतोमा बैंकमा बचत गरेको करिब पाँच करोड रुपैयाँ हिनामिना गरेको र अख्तियारमा समेत मुद्दा परेको उनीहरूले बताएका छन्।
हाल हुलाक बचत बैंकमा कारोबार बन्द भएकाले झन्डै १७ सय बचतकर्ताहरूले रकम नपाएको भन्दै बचतकर्ताहरूले सम्वन्धित निकायमा पहल नगरे सम्म धर्ना बस्ने समितिले बताएको छ।
आफूहरूले जम्मा गरेको रकम आफूहरूले नपाउँदा धर्ना र आन्दोलनका कार्यक्रम गर्ने बाध्य भएको संघर्ष समितिका संयोजक खडक बोहराले बताए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology