Logo

२०८३, श्रावण ३०गते


images
images

बुद्ध पब्लिकमा एनसिसी क्याडेट लक्षित प्रवचन कार्यक्रम

बुद्ध पब्लिकमा एनसिसी क्याडेट लक्षित प्रवचन कार्यक्रम

images
  • बुद्ध पब्लिकमा एनसिसी क्याडेट लक्षित प्रवचन कार्यक्रम
    images
    images

    देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयमा राष्ट्रिय सेवादल (एनसिसी) क्याडेटमा छनोट भएका विद्यार्थीहरूलाई लक्षित गर्दै प्रवचन कार्यक्रम सम्पन्न गरिएको छ ।

    images
    images
    images

    कार्यक्रममा प्रमुख वक्ताको रूपमा उपस्थित तारादल गणका गणपति प्रमुख सेनानी सुवर्ण खड्काले एनसिसीको भूमिकाबारे विस्तृत रूपमा सम्बोधन गरे । उनले भने, ‘एनसिसी कार्यक्रममा सहभागी हुनु भनेको केवल पोशाक लगाउने मात्रै होइन, यो अनुशासन, आत्मबल, देशभक्तिको अभ्यास हो । तपाईँहरूजस्ता युवाहरूले जब राष्ट्र, समाज र माटोका लागि सोच्न थाल्नुहुन्छ, तब मात्र नेतृत्व निर्माण हुन्छ ।’

    images
    images
    images

    विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद गैरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहायक प्रधानाध्यापक वेद सूर्यवंशीले स्वागत मन्तव्य राख्दै विद्यालयको शैक्षिक र अतिरिक्त गतिविधिमा विद्यार्थीको संलग्नता उल्लेखनीय रहेको धारणा राखे ।

    images
    images
    images

    अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीको सञ्चालनमा भएको कार्यक्रममा सहायक प्रिन्सिपल रोशी गुरुङ, माध्यमिक तह इन्चार्ज मुक्ति विश्वकर्मा, कक्षा ११ र १२ का इन्चार्ज अनन्तराम भण्डारी लगाएत अन्य शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति थियो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुद्ध पब्लिक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।