Logo

२०८३, श्रावण ३०गते


images
images

कविता

आयो फेरि असार पन्ध्र

आयो फेरि असार पन्ध्र

images
  • आयो फेरि असार पन्ध्र
    images
    images

    असार पन्ध्र आयो फेरि
    नाराको घन्कन ।
    हिलो लाग्छ खेतमा जादा
    गमलामा धान रोपण ।।

    images
    images
    images

    कोहि भने !

    images
    images
    images

    एक दिनलाई फोटो खिच्न
    खेतमा पाइला टेक्छन् ।
    किसान भने मल र बीउ
     खोज्दै सरकार हेर्छन् ।।

    images
    images
    images

     वर्षभरि महलमा बस्ने 
    एक दिन हिलोमा कुदाई ।
      मल नपाई, विषादी नपाई,
    किसानले  खुशी कहाँ पाई ।।

    पसीना बगायो  किसानले
    अन्न फलायो पेटको लागि ।
    तर बजारमा उसैको अन्न
    सस्तोमा जान्छ अझै बाँकी ।।

    उचित मूल्य छैन उसलाई
    न बजेटमा नाम छ ।
    नीति लेख्ने कागजमा
     न किसानको मान छ ।।

    गमलामा होइन अब 
    मनमा रोपौं  कृषि चेत ।
    किसान बाँच्यो भने मात्र
     बाँच्नेछ है देश ।।

    पसीनाको मुल्य खोज्दा
    बजारमा बेइमानी ।
    धान सस्तो, मोटो नाफा 
    व्यापारीले खानी ।।

    असार पन्ध्र त्यो दिन होस्
    जहाँ आशा फर्कियोस् ।
    मल, विषादी, मूल्य, सम्मान 
    सबै किसानको घर पुगोस् ।।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।