Logo

२०८३, श्रावण ३०गते


images
images

एसईई उत्तिर्ण विद्यार्थीलाई केरवानीको सम्मान : विद्यालयलाई शैक्षिक गन्तव्य बनाइने

एसईई उत्तिर्ण विद्यार्थीलाई केरवानीको सम्मान : विद्यालयलाई शैक्षिक गन्तव्य बनाइने

images
  • एसईई उत्तिर्ण विद्यार्थीलाई केरवानीको सम्मान : विद्यालयलाई शैक्षिक गन्तव्य बनाइने
    images
    images

    देवदह । केरवानी माध्यमिक विद्यालयले साधारण तथा प्राविधिक शिक्षा तर्फ २०८१ को एसईई परिक्षामा सफल विद्यार्थीलाई बधाई तथा शुभकामना सहित सम्मान गरेको छ । मंगलवार विद्यालयमा एक कार्यक्रम आयोजना गरी विद्यालयले एसईई उत्तिर्ण विद्यार्थीलाई सम्मान गरेको हो ।

    images
    images
    images

    सम्मान कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रवक्ता एवम् वडा नं ५ का अध्यक्ष गणेश डुम्रेले शैक्षणिक वातावरण सुधार भएमा सामुदायिक विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सक्ने बताए । उनले केरवानीले यो पटक एसईईमा ल्याएको नतिजाले उक्त कुरालाई पुष्टि गरेको बताए । 

    images
    images
    images

    अध्यक्ष डुम्रेले नगरपालिकाले शिक्षा सुधारका लागि ३ बर्ष यता गरेको प्रयास सफल भएको बताउँदै यो नतिजालाई कायम राख्न र अझ माथि उठाउन अव सबैले मेहनत गर्नुपर्ने बेला आएको उल्लेख गरे । उनले भने, ‘अव हाम्रो सामु चुनौती थपिएको छ । यो चुनौती अर्थात नतिजालाई कायम राख्नको लागि नगरपालिकाले के गर्नुपर्छ हामी गर्छौ, तर शिक्षक, अभिभावक र विद्यार्थीहरुले पनि यसबारे गम्भिर भएर सोँच्नुपर्छ ।’ 

    images
    images
    images

    कार्यक्रममा विद्यालयका प्रअ निर्मल ढुङ्गानाले आफुँ चुनौतीको सामना गर्न तयार रहेको भन्दै नमुना विद्यालयको उपमा पाएको केरवानीको साख जोगाउन अहोरात्र खटिरहेको बताए । उनले देशभर रहेका ३५ हजार विद्यालयमध्ये चार सय २२ बिद्यालयलाइ राज्यले नमुना बिद्यालयको रुपमा छनोट गरेको भन्दै रुपन्देहीमा छनोट भएका ९ वटा विद्यालयमा केरवानी पर्नु सुखद भएको उल्लेख गरे । त्यसमध्येपनि गतबर्ष राज्यले जिल्लामा उत्कृष्ट कामगर्ने ३ वटा विद्यालय छनोट गर्दा त्यसमा केरवानी परेको उनले जानकारी दिए । 

    विद्यार्थीहरुले ११, १२ कक्षाका लागि अन्यत्र धाउनुपर्ने स्थिति नरहेको उल्लेख गर्दै प्रअ ढुङ्गानाले केरवानी माविलाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्न आफ्नो टिम लागिपरेको बताए । उनले भने, ‘एसईई पास भैसकेपछी के विषय पढ्ने भन्ने विद्यार्थीमा कौतुहलता हुन्छ, त्यसैले विषय छनोट गर्दा पारिवारको अवस्था र आफ्नो क्षमता समेतलाइ मध्यनजर गर्न विद्यार्थीहरुलाई आग्रह गर्दछु ।’ 

    samman 1.jpg

    केरवानी मावि को नतिजा अहिलेसम्मकै उत्कृष्ट भएको उल्लेख गर्दै प्रअ ढुङ्गानाले अब यो नतिजालाइ कमजोर हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।  

    कार्यक्रममा देवदह आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष बासुदेव रिमाल, युगज्योति मावि देवदह–६ का प्रअ यमलाल अर्याल, विद्यालयका सहायक प्रअ खेमानन्द ज्ञवाली, कक्षा ११ र १२ का संयोजक कृष्ण ज्ञवाली, शिक्षक युवराज ढकाल, भिमदेव ढकाल लगाएतले बोल्दै सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि सबैले भुमिका खेल्नुपर्ने बताए ।

    samman.jpg

    सम्मान कार्यक्रममा एसईईमा उत्कृष्ट अंक सहित उत्तिर्ण हुने सम्पूर्ण विद्यार्थी एवम् उत्कृष्ट नतिजा दिने शिक्षकहरुलाई सम्मान गरिएको थियो । 
    सम्मान कार्यक्रमसँगै समृद्ध समुदाय विकास केन्द्रका निर्देशक युवराज चापागाईले विद्यार्थीहरुलाई आफ्नो जिम्मेवारी र भविष्यवारे सचेत गराउन उत्प्रेरणा प्रदान गरेका थिए ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र पाण्डेको अध्यक्षता, शिक्षक कमल ज्ञवालीको स्वागत र यज्ञप्रसाद न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केरवानी
  • # सम्मान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।