Logo

२०८३, आश्विन १७गते


images
images

शिक्षा

राष्ट्रिय सेवादल तालिमका लागि छनोट केरवानीका विद्यार्थी र अभिभावकलाई अभिमुखीकरण

राष्ट्रिय सेवादल तालिमका लागि छनोट केरवानीका विद्यार्थी र अभिभावकलाई अभिमुखीकरण

images
  • राष्ट्रिय सेवादल तालिमका लागि छनोट केरवानीका विद्यार्थी र अभिभावकलाई अभिमुखीकरण
    images
    images

    देवदह । नेपाल सरकार रक्षा मन्त्रालय अन्तर्गत नेपाली सेनाद्वारा सञ्चालन हुने राष्ट्रिय सेवादल (एनसिसि) तालिमको ५२औँ समूहका लागि छनोट भएका केरवानी माविका विद्यार्थी तथा अभिभावकहरूलाई अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

    images
    images
    images

    कार्यक्रममा कक्षा ८, ९ र १० मा अध्ययनरत राष्ट्रिय सेवादल तालिमका लागि छनोट भएका विद्यार्थी तथा उनीहरूका अभिभावकहरूको सहभागिता थियो । 

    images
    images
    images

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा तारादल गण बुटवल रामनगरका सेनानी झपिन्द्र चौधरीले छनोट भएका विद्यार्थी र उनीहरूका अभिभावकलाई  प्रशिक्षण दिएका थिए । सो क्रममा उनले तालिमको उद्देश्य, अनुशासन, नेतृत्व विकास तथा तालिम अवधिमा अपनाउनुपर्ने आचरणबारे अभिभावक र विद्यार्थीहरुलाई जानकारी गराए ।

    images
    images
    images

    सोही अवसरमा देवदह नगरपालिकाका प्रवक्ता एवम् वडा नं ५ का अध्यक्ष गणेश डुम्रे, समाजसेवी रुद्रमान ढकाल लगाएतले बोल्दै एनसिसिले विद्यार्थीलाई अनुशासनमा रहनको लागि प्रेरित गर्ने बताए ।   

    एनसिसि कार्यक्रममा ३६ विद्यार्थी सहभागी हुने विद्यालयले जनाएको छ । जसमा १५ जना छात्र र १५ जना छात्रा रहेका छन् भने ३ जना छात्र र ३ जना छात्रा वैकल्पिक रूपमा छनोट गरिएको जनाइएको छ ।

    राष्ट्रिय सेवादल तालिमको औपचारिक उद्घाटन आगामी असार १ गते गरिने र उद्घाटन पश्चात नियमित रुपमा तालिम सञ्चालन गरिने विद्यालयले जनाएको छ । 

    विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगानाको स्वागत शिक्षक खेमानन्द ज्ञवालीको सञ्चालनमा अभिमुखिकरण कार्यक्रम भएको हो । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।