अर्थजङ्ग शाही, बझाङ । असोज ३१ देखि कार्तिक ३ गतेसम्म परेको वर्षाका कारण बझाङको थलारा गाउँपालिका डिख्ला वडा नम्बर ४ मा एकै घरका १८ जना परिवार गुमाउँदा अहिले कलक सार्की चिन्तामा बाँचिरहेका छन् ।
गृहमन्त्री खाँडको टोलीले बझाङको थलारा गााउँपालिका ४ डिख्लामा पीडित परिवारलाई भेटेर कुरा गर्यो । तर अपेक्षाकृत राहत नपाएको गुनासो पिडितको छ । थलारा र खप्तडछान्नाका पीडित ब्यक्तिहरु राहत पाउँने आसामै बसेको कैयौं दिनभयो ।तिनैमध्यका एक हुन् - थलारा गाउँपालिकाका कलक सार्की ।
मैले मेरा घरका १८ जना परिवार गुमाए, किन म बाँचेको हुला भनेर टाउकोमा दिनरात हात लगाई पिडित तरिकाले बाँचेका छन् कलक सार्की।
यस बिषयमा थप कुरा बुझ्नका लागी हामी थलारा गाउँपालिका डिख्लाका पीडित कलक सार्कीसँग फोन सम्पर्क गर्दा- घर परिवारका १८ जना त गुमाए । धन सम्पति पनि गयो । खानको लागी जग्गा जमिन थियो । त्यो पनि पहिरोले लिएर गयो । अब सरकारले कहिले दिन्छ त राहत ? हेलिकप्टरमा आएर मलाइ भेट्दैमा मेरो मन शान्त त नहोला । सरकारले राहत दिन्छ कि भनेर पर्खेर बसेका छन्, अहिले कलक सार्की ।
दिनहुजसो मन्त्री र नेता हेलिकप्टरमा आउँछन्, रमिता हेरेर जान्छन् । प्रधानमन्त्री शेर बहादुर देउवा पनि आकाशबाट हेलिकप्टरमा आउनु भो आकाशबाटै हेरेर हेलिकप्टरमा जानु भयो-थलारा गाउँपालिका र खप्तडछान्ना गाउँपालिकाका पिडित ब्यक्तिहरुको गुनासो रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology