Logo

२०८३, श्रावण ३०गते


images
images

राहत वितरणमा पनि राजनीति : वास्तबिक पिडितले पाएनन् राहत, नेता र वडाध्यक्षका मान्छे मालामाल

राहत वितरणमा पनि राजनीति : वास्तबिक पिडितले पाएनन् राहत, नेता र वडाध्यक्षका मान्छे मालामाल

images
  • सेतोमसी सहकर्मी
  • राहत वितरणमा पनि राजनीति : वास्तबिक पिडितले पाएनन् राहत, नेता र वडाध्यक्षका मान्छे मालामाल
    images
    images

    रमेश बहादुर सिह, बझाङ । जिल्ला प्रशासन कार्यालय बझाङले मंगलबार पत्रकार सम्मेलन गरि असोज ३१ गते देखी कार्तिक ३ गते सम्म परेको अविरल बर्षाका कारण आएको बाढी,पहिरोले  मानविय तथा पुर्ण घर क्षेती भएकाहरुलाई वितरण गरेको राहातको रकम सार्वजनिक गरेको छ ।

    images
    images
    images


    सार्वजनिक गरेको राहत वितरणमा पनि राजनीति नेता र कार्यकताको गाउँ देखि जिल्ला सम्म सिफारिस गरी पिडीतहरुको पिडा यथावत रहेका छन् भने नेताहरुले सिफरिस गरेका सबै फाईल सदर गर्दै आएका जिल्ला प्रमुख निकायहरुलाई स्थानीय पिडीतहरुले आरोप लगाएका छन् । स्थानीय भन्छन् पहुचबालालाई कुर्चि हुन्छ ,हामीले राम्रो कुरा भनेनी आलटाल गरी ठाडो शब्द प्रयोग हुन्छ । हामी पिडीतहरुले के गर्ने !

    images
    images
    images

     

    images
    images
    images

    बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जिल्लामा वितरण गरेको राहात रकम र राहात पाउनेको नाम सार्वजनिक गरेका छन् । जिल्लाको थलारा, खप्तडछान्ना, वित्थचिर र छविसपाथिभेरा गाउँपालिकामा गरि जम्मा ३२ जनाको मृत्यु भएको थियो भने, जिल्लाको जयपृथ्वी, बुंगल नगरपालिका, सुर्मा, केदारस्युँ, मष्टा गाउँपालिकाका पुर्ण घर क्षेती भएका गरि १ सय ९५ घर परिवारलाई राहात स्वरुप प्रर्ति परिवार २० हजार रुपैयाँ वितरण गरेको छ ।  जिल्ला प्रशासन कार्यालय बझाङले सार्वजनिक गरेको राहात पाउनेको नाम बास्तविक पिडितको नभएर वडाअध्यक्षको आसेपासेको नाम राखेर राहत बुझेको बाढी पिडितहरुले बताएका छन् ।

     

    आफुले आफ्नो भत्केको घरको फोटो सहित वडा कार्यालयको सिफारीस सहित प्रहरी मुचुल्का बुझाउदा पनि राहात नपाएको र आसेपासेका नामहरु राखेर बाढी, पहिरो पिडित भनेर राहात वितरण गरेको जयपृथ्वी नगरपालिका १ की पहिरो पिडित नविना सिंहले बताइन् । उनले भनिन्, ‘घरमा पहिरोले क्षेती गरेपछी ५ जनाको परिवार सहित आफुहरु हाल सम्म पनि छिमेकीको घरमा बस्दै आएका छौ । हामीले केहि राहात पाएका छैनौ । जस्को केहि क्षेती भएको छैन् । उसैले राहात बुझेको छ ।’ जिल्ला प्रशासन कार्यालयले सार्वजक गरेको राहत पाउनेको नामावलीमा ५० प्रर्तिशत नामहरु कुनै क्षती नभकाहरुको हालेको पाहिएको छ ।


    राहात पाउनेको नामावलीमा बाढी, पहिरोले कुनै क्षती नभएका र किर्ते मुचुल्का गर्नेमा बढी सरकारी कर्मचारी र नेताका आफ्न्तहरु रहेका छन् । बास्तविक पिडितहरुलाई राहात नदिएर नेताका वरिपरि घुम्ने तथा बोल्न भन्न सक्नेहरुलाई राहात दिएर बास्तविक पिडितहरुको नामावली नसमेटिएकोले बास्तविक पिडितहरुलाई राहातको व्यवस्था गर्नुपर्ने नागरिक समाजका अगुवा धर्मजंङ बहादुर सिंहले बताए ।

    पत्रकार सम्मेलनमा जिल्ला प्रशासन कार्यालयले पत्रकारहरुलाई उपलब्ध गराएको राहत पाउनेको नामावली हेरफेर गरिएको तथा वास्तविक पिडितहरुको लिष्टमा नाम नरहेको र आफुहरु स्थलगत रिपोटिङमा गएर स्थानियतहमा भएको क्षतीको विवरण तथा घरधुरी आफुले रिपोटिङ गरेका घरहरु भन्दा क्षती नभएका घरमालिकहरुको नाम राहात पाउनेको लिष्टमा राखेकोले अच्चम लागेको अकोराब सुदुरपश्चिमका अध्यक्ष जगत खड्काले बताए । पत्रकारहरुले समेत नामावली सच्याएर क्षती नभएकाहरुले पाएको राहात रकम जरीवाना सहित फिर्ता गराउनु पर्ने र बास्तविक पिडितहरुलाई उचित राहत दिनुपर्ने बताएका थिए ।

    प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले झुटो मुचुल्का गराई राहात लिनेहरुको फेरी नामावली हेरफेर गरि बास्तविक पिडितहरुको पहिचान गरि राहात वितरण गरिएको बताए । सरकारले पहिलो चरणको राहात स्वरुप जिल्लामा ७२ लाख ७० हजार रुपैयाँ राहात वितरण गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।