Logo

२०८३, श्रावण ३०गते


images
images

मधेश प्रदेश सभामा बजेटमाथि विपक्षीको विरोध जारी

मधेश प्रदेश सभामा बजेटमाथि विपक्षीको विरोध जारी

images
  • मधेश प्रदेश सभामा बजेटमाथि विपक्षीको विरोध जारी
    images
    images

    जनकपुरधाम । मधेश प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथिको छलफल आजपनि विपक्षी दलहरुले अवरोध गरेका छन् । 

    images
    images
    images

    शनिवार बसेको बैठक पनि विपक्षी दलहरुले बहिष्कार गरेपछि बजेटमाथिको छलफल हुन नसकेको हो । असार २२ देखि प्रदेश सभाको बैठकहरू लगातार बसिरहे पनि विपक्षी दलहरूको अवरोधका कारण छैठौं पटक बैठक स्थगित भएको छ । 

    images
    images
    images

    विपक्षी दलहरूले बजेटमा बिचौलियाको प्रभाव रहेको र वितरण असमान भएको भन्दै पुनर्लेखनको माग गर्दै आएका छन् ।

    images
    images
    images

    शनिवारको बैठकमा सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्ने सहमति पनि भएको थियो । तर, कार्यदलमा भौतिक पूर्वाधारमन्त्री सरोज यादवलाई राखिएकोमा विपक्षी दलहरूले आपत्ति जनाएका छन् ।

    विपक्षी दलहरुले कार्यदलबाट मन्त्रीलाई नहटाएसम्म आफुहरुले सहमति नगर्ने बताएका छन् । कार्यदलमा सत्ता पक्षबाट मन्त्री सरोज यादव र कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव छन् ।  विपक्षीबाट जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादव, माओवादी केन्द्रका जवाहरलाल कुशवाहा, र नेकपा (एकीकृत समाजवादी) का मनीष पटेल सदस्य छन् ।

    बैठकमा सभामुख मण्डलले अब आफुले कार्यदलको नेतृत्व नगर्ने बताएका छन् । आजको विपक्षी दलहरुले रोष्टम घेरेर अवरोध गरेपछि सभामुखले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मधेश प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।