Logo

२०८३, श्रावण ३०गते


images
images

माओवादी केन्द्रले देशभरका वडामा आज सम्मेलन गर्दै, प्रवक्ता भन्छन् - पार्टी थप एकताबद्ध हुनेछ

माओवादी केन्द्रले देशभरका वडामा आज सम्मेलन गर्दै, प्रवक्ता भन्छन् - पार्टी थप एकताबद्ध हुनेछ

images
  • माओवादी केन्द्रले देशभरका वडामा आज सम्मेलन गर्दै, प्रवक्ता भन्छन् - पार्टी थप एकताबद्ध हुनेछ
    images
    images

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज शनिबार देशभर वडा सम्मेलन सुरु गर्दैछ । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले सम्मेलनबारे आधिकारिक जानकारी दिंदै सम्मेलनले पार्टी थप एकताबद्ध हुने विश्वास व्यक्त गरेका छन् ।

    images
    images
    images

     

    images
    images
    images

    प्रवक्ता महराले सामाजिक सञ्जालमा सार्वजनिक गरेको विज्ञप्ति अनुसार पार्टीले वडा सम्मेलनको सबै तयारी पूरा गरेको छ । ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ नाराका साथ माओवादीले वडा सम्मेलन गर्न लागेको बताइएको छ ।

    images
    images
    images

     

    समाजवादको यात्रा पूरा गर्न जनस्तरदेखि नै परिवर्तन आवश्यक रहेको जारी विज्ञप्तिमा बताइएको छ । साथै सकेसम्म सर्वसम्मत रुपमा समिति चयन गर्न पनि विज्ञप्तिमार्फत् आग्रह गरिएको छ ।

     

    ‘पार्टीको मुख्य आधार भनेको तल्लो तहमा रहेर काम गरिरहनुभएका आम नेता, कार्यकर्ता र जनसमुदाय हुनुहुन्छ । समाजवादको यात्रा तय गर्न जनताको तहदेखि नै परिवर्तन हुन जरुरी छ,’ शुक्रबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।


    यस्तै वडा सम्मेलनको क्रममा विभाजित मनोविज्ञान एवं मानसिकता नराखी एकताबद्ध भएर समाजवादी क्रान्तिको यात्रामा लाग्न आम समुदायलाई विज्ञप्तिमार्फत् आग्रह गरिएको छ ।


    आगामी मङ्सिर ११ गते सबै पालिकामा र मङ्सिर २५ गते सातै प्रदेशमा माओवादी केन्द्रले नेतृत्व चयनका लागि सम्मेलन गर्ने जनाएको छ । यस्तै पुस ११, १२ र १३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलनको घोषणा गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।