Logo

२०८३, श्रावण ३०गते


images
images

माओवादीको समानुपातिक सूचीबाट  कृष्ण बहादुर महराको नाम हट्यो

माओवादीको समानुपातिक सूचीबाट  कृष्ण बहादुर महराको नाम हट्यो

images
  • माओवादीको समानुपातिक सूचीबाट  कृष्ण बहादुर महराको नाम हट्यो
    images
    images

                                                                          काठ्माण्डौं ।  नेकपा माओवादी केन्द्रले उपाध्यक्ष कृष्ण बहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाएको छ । निर्वाचन आयोगमा माओवादी केन्द्रले बुझाएको समानुपातिक सूचीमा महराको नाम १ नम्बरमा रहेको थियो ।

    images
    images
    images

    माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले नेता महराकै आग्रहमा समानुपातिक सूचीबाट उनको नाम हटाइएको बताएका छन् । सचिव ढकालका अनुसार महराको स्थानमा हितराज पाण्डेको नाम १ नम्बरमा राखिएको जानकारी दिएका छन् ।
     
    मसिर ४ को निर्वाचनका लागि भनेर यसअघि प्रत्यक्षतर्फबाट उनको नाम दाङ र रोल्पाबाट सिफारिस भएको थियो । तर पछि उनले आफुले धेरै पटक संसदीय निर्वाचनमा जितिसकेकाले अब नयाँलाई अवसर दिनुपर्छ भन्दै आफु समानुपातिकको सूचीमा रहन तयार भएका थिए ।

    images
    images
    images

    महराले २०४८ सालसहित अहिलेसम्म सम्पन्न भएका सबै निर्वाचनमा जितेका छन् । उनले २०४८ र २०७० मा रोल्पा तथा २०७४ मा दाङबाट निर्वाचित भएका थिए । पछिल्लो समय उनी २०६३÷०६४ को अन्तरिम संसदमा समेत रहेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कृष्ण बहादुर महरा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।