दाङ । पुर्व सभामुख कृष्ण बहादुर महराले अमेरीकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता हुने बताएका छन् । सैन्य रणनीति अनुसार आएको उल्लेख गर्दै महराले
एमसीसी पास नहुने र फिर्ता जाने बताएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य समेत रहेका महराले शनिबार पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को लुम्बिनी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रको अहित हुने कुनै पनि सहयोग स्विकार्न नसकिने बताए ।
आफू सभामुख रहँदा एमसीसी पास गर्न दवाव दिईएको खुलासा गर्दै महराले माओवादी पार्टीले राष्ट्रघाती र जनघाती सन्धी सम्झौतामा हस्ताक्षर नगर्ने जिकिर गरे ।
त्यस्तै फरक प्रसङ्गमा महाराले सरकारले मंगलवारसम्म पुर्णता पाउँने बताएका छन् । राजनितिक दल सम्बन्धी अध्यादेश सोमबार फिर्ता हुने र मंगलवार मन्त्री परिषद् विस्तार हुने भएको उनको भनाई छ ।
२ दिनसम्म चल्ने क्रान्तिकारीको प्रथम लुम्बिनी प्रदेश सम्मेलनले लुम्बिनी प्रदेशमा नयाँ समिति चयन गर्ने संगठनका नेता अनुप पोखरेलले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology