डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका– १० अन्तर्गत पर्ने लिकु संयुक्त क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा रनचन्द्र शाही निर्विरोध निर्वाचित भएका छन।
नेकपा (माओवादी केन्द्र) निकट भातृ संगठन अखिल(क्रान्तिकारी)का शाही निर्वाचन अघिनै स्ववियु अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन।
उनलाई नेपाल विद्यार्थी संघ, अनेरास्ववियुलगायतका संगठनले समर्थन जनाएपछि शाहीसहित ११ सदस्यीय समिति निर्विरोध भएको अखिल क्रान्तिकारी डाेल्पाका अध्यक्ष हेमन्त राेकायले जानकारी दिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology