Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह आदर्श क्याम्पसमा सर्वसम्मत स्ववियु नेतृत्व चयन

देवदह आदर्श क्याम्पसमा सर्वसम्मत स्ववियु नेतृत्व चयन

images
  • देवदह आदर्श क्याम्पसमा सर्वसम्मत स्ववियु नेतृत्व चयन
    images
    images

    देवदह । सर्वसम्मत नेतृत्व चयन गर्दै देवदह आदर्श बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन सम्पन्न भएको छ । अनेरास्ववियु, नेविसंघ र अखिल (क्रान्तिकारी) ले पदाधिकारी र सदस्यमा सहमति गरेपछि सर्वसम्मत नेतृत्व चयन भएको हो ।

    images
    images
    images

    सहमति अनुसार अनेरास्ववियुले सभापति र सहसचिव, नेविसंघले उपसभापति र कोषाध्यक्ष तथा अखिल क्रान्तिकारीले सचिवसहित सदस्य लिएका छन् । जसअनुसार सभापतिमा आश्विन न्यौपाने, उपसभापतिमा अमित भारती, सचिवमा रविन न्यौपाने, सहसचिवमा भुवन थापा र कोषाध्यक्षमा रेवन्त शर्मा चयन भएका छन् । स्ववियु सदस्यमा अस्मि पाठक, सन्दिप बस्याल, वर्षा कडेल, तुल बहादुर श्रीष, गौरव न्यौपाने, निता खरेल, विवेक खराल, आकृति लुइँटेल, मिनाक्षी विक र प्रवेश अदै रहेका छन् ।  

    images
    images
    images

    बिहिबार एक कार्यक्रम बीच क्याम्पसले सर्वसम्मत रुपमा स्ववियु नेतृत्व चयन भएको घोषणा गरेको छ । स्ववियु निर्वाचन समितिका संयोजक होमनाथ शर्माले क्याम्पसमा दर्ता भएका सबै विद्यार्थी संगठनको सहमति अनुसार सर्वसम्मत रुपमा स्ववियु निर्वाचन सम्पन्न भएको घोषणा गरे । 

    images
    images
    images

    सर्वसम्मत स्ववियु घोषणा कार्यक्रममा क्याम्पस अध्यक्ष वासुदेव रिमाल, उपाध्यक्ष प्रकाश अर्याल, क्याम्पस प्रमुख जयकिसन अधिकारी, क्याम्पस सन्चालक समिति सदस्य मोतिलाल ढकाल, निर्वतमान स्ववियु सभापति अर्जुन गैरे, पुर्व क्याम्पस प्रमुख मित्रलाल न्यौपाने, सहायक प्राध्यापक प्रकाश सुवेदी लगायतको उपस्थिति रहेको थियो । 

    यसअघिका वर्षहरुमा चुनावी प्रतिष्पर्धाबाट स्ववियु नेतृत्व चयन हुने गरेकोमा यो पटक सर्वसम्मत रुपमा नेतृत्व चयन भएपछि कार्यसम्पादनमा थप सहजतासंगै  विद्यार्थीका मुद्धाको उठानमा समेत विद्यार्थी संगठनहरुको एकमत हुने विश्वास गरिएको क्याम्पसले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्ववियु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।