Logo

२०८३, आश्विन १७गते


images
images

महाकवि देवकोटा क्याम्पसमा स्ववियुको काम विद्यार्थी परिषदले गर्ने

महाकवि देवकोटा क्याम्पसमा स्ववियुको काम विद्यार्थी परिषदले गर्ने

images
  • महाकवि देवकोटा क्याम्पसमा स्ववियुको काम विद्यार्थी परिषदले गर्ने
    images
    images

    सुनवल ।  पश्चिम नवलपरासीको सुनवल-४ स्थित महाकवि देवकोटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको काम क्याम्पसद्वारा गठित विद्यार्थी परिषदले गर्ने भएको छ। 

    images
    images
    images

    सेतोमसीसंग कुरा गर्दै क्याम्पस संचालन समितिका अध्यक्ष कृष्ण लामिछानेले विद्यार्थीको प्रतिनिधिको रूपमा विद्यार्थी परिषद रहेको र क्याम्पस सभाले समेत सोहि अनुसार म्यान्डेड दिएको हुनाले तत्काल स्ववियु निर्वाचन नहुने बताए। "स्ववियुले गर्ने काम विद्यार्थी परिषदले गरेको छ, हामीले अन्य क्याम्पसमा स्ववियु नहुँदा समेत क्याम्पस संचालन समितिमा परिषदको माध्यमबाट विद्यार्थीका प्रतिनिधिलाई सहभागी गराएका छौं ।" उनले भने, "जे काम स्ववियुले गर्ने हो सोहि काम परिषदले गरिरहेको र त्यो सफल पनि भएकोले तत्काल अर्को निर्वाचन गराईराख्नुपर्ने आवश्यकता देखिएको छैन।" 

    images
    images
    images
    महाकवि देवकोटा बहुमुखी क्याम्पस 1.jpg

    आफूहरूले त्रिभुवन विश्वविद्यालयलाई परिषदबारे जानकारी गराएको र त्रिविले समेत सकारात्मक प्रतिक्रिया दिएको उल्लेख गर्दै अध्यक्ष लामिछानेले स्ववियुभन्दा परिषद व्यवहारिक भएको तर्क गरे। उनले भने "हामी हरेक बर्ष परिषद गठन गर्छौं र त्यहि मार्फत विद्यार्थीका समस्या सुन्ने र समाधान गर्नुका साथै क्याम्पसको नीति निर्माण तहमा विद्यार्थीका प्रतिनिधिलाई सहभागी गराउछौ, जुन स्ववियु मार्फत हुन सक्दैन।" स्ववियु निर्वाचन कहिले हुने र कहिले लामो समयसम्म नहुने हुँदा त्यसले विद्यार्थीका प्रतिनिधिलाई अपडेट गराइराख्न गार्ह्यो हुने तर परिषद मार्फत हरेक बर्ष नयाँ प्रतिनिधि चुनिने हुनाले परिषद बढी व्यावहारिक भएको उनको भनाइ छ ।

    images
    images
    images

     केहि विद्यार्थी  संगठनले स्ववियु माग गरेकोबारे बोल्दै अध्यक्ष लामिछानेले अब बस्ने क्याम्पस सभाले त्यसबारे निर्णय गर्न सक्ने भएपनि यसअघिको क्याम्पस सभाले त्यस्तो म्यान्डेट नदिएको हुनाले यो पटक स्ववियु निर्वाचन नहुने प्रष्ट पारे। 

    यता विद्यार्थी संगठनले भने परिषद भन्दा स्ववियु बढी प्रजातन्त्रिक विधि भएको हुनाले क्याम्पसले विद्यार्थीको अधिकारलाई कुण्ठित गर्न नहुने बताएका छन्।  क्याम्पसमा क्रियाशील नेकपा एमाले निकट अनेरास्ववियु, नेपाली कांग्रेस निकट नेविसंघ र मावोवादी केन्द्र निकट अखिल क्रान्तिकारी लगायतका संगठनले क्याम्पसलाई स्ववियु निर्वाचन गराउन अनुरोध गर्दै ध्यानाकर्षण पत्र नै बुझाएका छन्। 

    सोहि विषयमा सेतोमसीसंग कुरा गर्दै अनेरास्ववियुका क्याम्पस कमिटि अध्यक्ष विनम भण्डारीले क्याम्पसमा स्ववियु निर्वाचन हुनुपर्ने बताए। उनले भने 
    'परिषद 'सेलेक्टेड' हो तर स्ववियु 'इलेक्टेड' हो, हामी 'इलेक्टेड' प्रतिनिधि हुन चाहन्छौं।"  विद्यार्थी परिषद विघटन गर्ने निर्णय आफूहरूले गरिसकेको बताउंदै उनले स्ववियु निर्वाचन गर्न क्याम्पसले आलटाल गर्न नहुनेमा जोड दिए। 

    २०६० सालमा स्थापना भएको महाकवि देवकोटा क्याम्पसमा स्नातोकोत्तरसम्मको पढाई हुन्छ।  स्नातक तहमा त्रिविको बिबिए कोर्ष समेत संचालन गरेको उक्त क्याम्पसमा हाल एक हजार तीन सय विद्यार्थी अध्ययनरत छन् भने क्याम्पसमा कार्यरत शिक्षक र कर्मचारीको संख्या ३४ रहेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।