Logo

२०८३, श्रावण ३०गते


images
images

स्ववियु निर्वाचन

पद्मकन्याको स्ववियुमा नेविसंघकी विद्रोही उम्मेदवार भुपी ऐरको प्यानल विजयी

पद्मकन्याको स्ववियुमा नेविसंघकी विद्रोही उम्मेदवार भुपी ऐरको प्यानल विजयी

images
  • पद्मकन्याको स्ववियुमा नेविसंघकी विद्रोही उम्मेदवार भुपी ऐरको प्यानल विजयी
    images
    images

    काठमाडौं । पद्मकन्या क्याम्पस (पीके) को स्ववियु निर्वाचनमा नेविसंघकी विद्रोही उम्मेदवार भुपेश्वरी (भुपी) ऐर नेतृत्वको प्यानल निर्वाचित भएको छ। उनले नेविसंघकै आधिकारिक उम्मेदवार पूर्णिमाया परियारलाई पराजित गरेकी हुन्।

    images
    images
    images

    परियार पार्टी सभापति शेरबहादुर देउवा पक्षकी र ऐर महामन्त्री गगन थापा पक्षकी हुन्। नेविसंघबाट दुई प्यानल चुनावी प्रतिस्पर्धामा आउँदा विवाद भएपछि चैत ५ गते हुने निर्वाचन चैत ७ गते सारिएको थियो।

    images
    images
    images

    सभापतिमा भुपी ऐरले ७३० मत ल्याएर जित्दा निकटतम प्रतिस्पर्धी परियारले ३७९ मत पाइन्। सचिवमा सन्ध्या बस्याल ६९५ मतसहित विजयी भइन् भने कोषाध्यक्षमा संकल्पिका थापा ६६६ मत ल्याएर निर्वाचित भइन्।

    images
    images
    images

    सदस्यहरूमा उर्वशी पाण्डे, चेतना नहर्की, अस्मिता विक, स्वस्तिका विष्ट, आशु चौधरी, आकृति पाण्डे, निशा कार्की र यानसु कटुवाल विजयी भएका छन्।

    स्ववियु चुनावका लागि नेकपा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरूले गठबन्धन गरेका थिए। उनीहरूको तर्फबाट सभापतिमा सुनिता घिमिरे, सचिवमा सदीक्षा पोखरेल, कोषाध्यक्षमा सुम्निमा राई उम्मेदवार थिए।

    यस्तै, एकीकृत समाजवादी र विप्लव निकट अखिल समाजवादीले पनि गठबन्धन गरेका थिए। उनीहरूको प्यानलबाट प्रजिता दर्नाल सभापति उम्मेदवार थिइन्, तर भुपीको प्यानलले उनीहरू सबैलाई पराजित गर्‍यो।

    २०३६ सालदेखि पद्मकन्यामा नेविसंघको प्रभाव रहँदै आएको छ। कम्युनिस्ट धारका विद्यार्थी संगठनबाट २०३८ सालमा शशी श्रेष्ठले मात्रै जित हात पारेकी थिइन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्ववियु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।