Logo

२०८३, श्रावण ३०गते


images
images

अखिल (क्रान्तिकारी) रुपन्देहीको २३औं जिल्ला सम्मेलन भोलि

अखिल (क्रान्तिकारी) रुपन्देहीको २३औं जिल्ला सम्मेलन भोलि

images
  • अखिल (क्रान्तिकारी) रुपन्देहीको २३औं जिल्ला सम्मेलन भोलि
    images
    images

    बुटवल । नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) रुपन्देहीको २३औं जिल्ला सम्मेलन मंगलबार हुने भएको छ । संगठनका जिल्ला अध्यक्ष कपिल चापागाईंले सम्मेलनको तयारी पुरा भएको बताए । 

    images
    images
    images

    "सम्मेलनको लागि प्रतिनिधि चयन लगायतका काम सकिएको छ ।" अध्यक्ष चापागाईंले भने, "यो पटक फरक अभ्यास गर्ने र निर्वाचनबाटै नेतृत्व चयन गर्नेगरी तयारी गरिएको छ ।"

    images
    images
    images

    जिल्लाभरीका विद्यालय, क्याम्पस र पालिका कमिटिबाट चुनिएर आएका १८५ जना सम्मेलन प्रतिनिधिले संगठनको राजनैतिक र  सांगठनिक प्रतिवेदन पारितसंगै आगामी कार्यकालको लागि नेतृत्व चयन गर्ने क्रान्तिकारीले जनाएको छ । 

    images
    images
    images

    भैरहवास्थित उद्योग व्यापार संगठनको सभाहलमा हुने सम्मेलनलाई पार्टी उपमहासचिव वर्षमान पुन 'अनन्त', संगठनका केन्द्रीय अध्यक्ष पन्चा सिंह, पार्टी प्रदश इन्चार्ज बलदेव खनाल, प्रदेश अध्यक्ष सुदर्शन बराल लगायतले सम्बोधन गर्ने जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।