Logo

२०८३, श्रावण ३०गते


images
images

क्रान्तिकारीबाट बुटवल बहुमुखी क्याम्पस सभापति पदकाे उम्मेदवारमा शिव खवास सिफारिस

क्रान्तिकारीबाट बुटवल बहुमुखी क्याम्पस सभापति पदकाे उम्मेदवारमा शिव खवास सिफारिस

images
  • क्रान्तिकारीबाट बुटवल बहुमुखी क्याम्पस सभापति पदकाे उम्मेदवारमा शिव खवास सिफारिस
    images
    images

    बुटवल । अखिल (क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पसले स्ववियु निर्वाचनकाे लागी सभापति पदकाे उम्मेदवार टुङ्गाे लगाएकाे छ । मुल इकाई समितिको पाँचाै बैठकमा इकाई अध्यक्षकाे सफारिस अनुसार स्ववियु सभापति टुङ्गाे लगाएकाे हाे ।

    images
    images
    images

    आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनकाे लागी लुम्बिनी प्रदेशको पहिलाे आङ्गिक तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आङ्गिक क्याम्पस बुटवल बहुमुखी क्याम्पसको अनेरास्ववियू  (क्रान्तिकारी) मुल इकाई समितिको पाँचौ   विस्तारित बैठकबाट क्याम्पसकाे मुल इकाई कमिटीका उपाध्यक्ष  शिव बहादुर खवास  (सङ्गम) लाई सर्वसम्मत सभापति पदको उम्मेदवारको लागि सिफारिस गरेको छ ।

    images
    images
    images

    उक्त बैठकमा प्रमुख अतिथि अनुप पाेख्रेलले अखिल क्रान्तिकारी अन्य बिध्यार्थी संगठन भन्दा फरक र बलियाे संगठन भएकाे बताउँदै बिगतमा पनि क्याम्पसलाई व्यबस्थित बनाउन अखिल क्रान्तिकारीकाे मख्य भुमिका रहेकाे बताए । त्यस्तै बिशिस्ट अतिथी टेकराज रेग्मीले पनि स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीले बिशेष र विद्यार्थीले प्रत्यक्ष लाभ लिने बिषयलाई एजेण्डा बनाएर अगाडि बढे निर्वाचन जित्ने निश्चित रहेकाे बताए।

    images
    images
    images

    साेहि क्याम्पसकाे इकाई अध्यक्ष बिष्णु प्रसाद ज्ञवालीले निर्वाचनकाे संघारमा रहेकाे बताउँदै अब ढिला नगरी सम्पुर्ण विद्यार्थीहरूलाई कटिबद्ध भएर मैदानमा उत्रिएर यस निर्वाचनमा सबैले आफ्नो बिषयगत ठाउँबाट सक्दो सहयोगको गर्न निर्देशन समेत दिए।

    बैठकको अध्यक्षता मुल इकाई समितिका अध्यक्ष बिष्णु प्रसाद ज्ञवालीले गरेका थिए।

    बैठकमा नेकपा माओवादी केन्द्र बुटवल उपमहानगरपालिकाका अध्यक्ष महेन्द्र भुसाल र अखिल क्रान्तिकारीका पदाधिकारीहरु, साेहि क्याम्पसका इकाइ कमिटी, सह ईकाइ लगायत साेहि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको उपस्थिति रहकाे थियाे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।