Logo

२०८३, श्रावण ३०गते


images
images

शिक्षा

विद्यार्थी नेताले पैसा लिएर फारम नभरिदिएपछि बुटवल क्याम्पसमा लफडा

विद्यार्थी नेताले पैसा लिएर फारम नभरिदिएपछि बुटवल क्याम्पसमा लफडा

images
  • विद्यार्थी नेताले पैसा लिएर फारम नभरिदिएपछि बुटवल क्याम्पसमा लफडा
    images
    images

    बुटवल । ‘म परीक्षा फारम भरेर दिन्छु, भर्ना पनि मिलाइदिन्छु’ भन्ने एउटा सामान्य वाक्य कतिपय विद्यार्थीका लागि विश्वासको विषय हो । अझै विद्यार्थी नै विद्यार्थीका बीच यस्तो भरोसा बढ्दा त्यस्तो भनाइलाई सहजै पत्याउने गरिन्छ । तर, जब विश्वास घातमा परिणत हुन्छ, तब त्यसको असर एउटा व्यक्तिमा मात्र होइन, सिंगो क्याम्पस समुदायमै पर्ने गर्छ ।

    images
    images
    images

    बुटवल बहुमुखी क्याम्पसमा यस्तै एउटा घटनाले अहिले निकै तरंग पैदा गरेको छ । क्याम्पसका बीए चौथो वर्षमा अध्ययनरत विद्यार्थी विवेक कुँवरले विभिन्न विद्यार्थीहरूसँग फारम भर्ने तथा भर्ना मिलाइदिने भन्दै कागजात र रकम संकलन गरे पनि काम नगरेको उजुरी परेको थियो । प्रारम्भिक अनुसन्धानपछि प्राप्त प्रमाणहरूका आधारमा विवेक कुँवर दोषी देखिएको भन्दै क्याम्पस प्रशासनले उनलाई निलम्बन गरी क्याम्पस प्रवेशमा समेत रोक लगाउने निर्णय गरेको छ । सेतोमसीसंग कुरा गर्दै क्याम्पस प्रमुख डा. अरुण कुमार क्षत्रीले घटनाको पुष्टि गरे ।

    images
    images
    images

    उजुरीमा उल्लेख गरिएअनुसार विवेक कुँवरले क्याम्पसभित्रै धेरै विद्यार्थीहरूलाई सहायता गर्ने नाममा परीक्षा फारम भरिदिने, भर्ना मिलाइदिने आश्वासन दिएका थिए । विद्यार्थीहरूले विश्वास गर्दै कागजात मात्र होइन, शुल्क वापतको रकम समेत कुँवरलाई बुझाए । तर न फारम भरियो, न भर्ना प्रक्रिया अगाडि बढ्यो । जब निश्चित म्यादभित्र प्रक्रिया पूरा नभएपछि विद्यार्थीहरू समस्यामा परे, उनीहरू प्रशासनको ढोका ढकढक्याउन बाध्य भए ।

    images
    images
    images

    क्याम्पस प्रमुख डा. अरुण कुमार क्षत्रीले बैशाख १९ गते जारी गरेको सूचनामा भनिएको छ, “उजुरी प्रमाणित भएकाले निज विद्यार्थीलाई क्याम्पसबाट निलम्बन गरी क्याम्पस प्रवेशमा समेत रोक लगाइएको छ ।” साथै सूचनामा क्याम्पसका सबै विद्यार्थीलाई भर्ना तथा परीक्षा फारमसम्बन्धी काम आफूले नै बैंक तथा लेखा शाखाबाट गराउन पनि आग्रह गरिएको छ । अन्य व्यक्तिमार्फत कार्य गराएमा त्यसको जिम्मेवारी क्याम्पस प्रशासनले नलिने समेत उनले स्पष्ट पारेका छन् ।

    क्याम्पसबाट निलम्बनको खबर सेलाउन नपाउँदै उनी आबद्ध विद्यार्थी संगठन अनेरास्ववियु रुपन्देही जिल्ला कमिटीले उनलाई निलम्बन गरेको छ । उनी नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका जिल्ला कमिटी सदस्य थिए । संगठनका विरोधी गतिविधिमा संलग्न भएको आरोपसहित कुँवरलाई साधारण सदस्यबाट समेत निलम्बन गरिएको अनेरास्ववियुका जिल्ला अध्यक्ष भरत अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “संगठनको हित विपरित गतिविधि गरेका कारण कुँवरलाई विधान बमोजिम जिल्ला कमिटी सदस्यसहित साधारण सदस्यबाट समेत निलम्बन गरिएको छ।”

      

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।