टिकाराम आचार्य, बुटवल । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को बुटवल उपमहानगरको नगर सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले माधव अर्यालको अध्यक्षतामा ४१ सदस्यीय नगर कमिटी गठन गरेको छ ।
जसको उपाध्यक्षमा गगन रेस्मी, सुदर्शन पाण्डे र अनिल बिस्वकर्मा, सचिबमा गणेश दहाल, सहसचिब बिपना अर्याल र शुसान्त पाण्डे तथा कोषाध्यक्षमा खेम प्रसाद घिमिरे रहेका छन् ।
कार्यक्रम माओबादी केन्द्रका रुपन्देही संयोजक निर्मल जिसिको प्रमुख आतिथ्यता, अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश सह-संयोजक अनुप पोख्रेलको विशिष्ट आतिथ्यता तथा माओवादी नेताहरू चेतन भण्डारी, पुष्पराज ढकाल "क्षितिज", नारायण बन्जाडे लगायतको को उपस्थिती सम्पन्न भएको थियो ।
सपन पौडेल अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन टिकाराम आचार्यले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology