काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्न मङ्गलबार उम्मेदवारी दर्ताको कार्यतालिका बनाइएको छ । आगामी माघ १२ गतेका लागि तय भएको निर्वाचन अन्तर्गत मङ्गलबार अखिल क्रान्तिकारीको उम्मेदवारी दर्ता हुने भएको हो ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं अखिल क्रान्तिकारीका इन्चार्ज हिमाल शर्माले विद्यार्थी सङ्गठनमा ३२ बर्से उमेर हद कायम भएपछि मङ्गलबार बिहान ८ देखि बेलुका ६ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यतालिका बनाएको जानकारी दिए ।
उम्मेदवारले परिचय खुल्ने कुनै कार्ड भएमा आआफ्नो प्रदेशबाट उम्मेदवारी दर्ता गर्न पाउने छन् ।
उनले भने, “आगामी ९ गते उम्मेदवारको दाबी विरोधको छानबिनपछि नामावली प्रकाशन, माघ १० गते उम्मेदवारको नामावली प्रकाशन र माघ १२ गते बिहान ९ बजेदेखि ४ बजेसम्म नेतृत्व चयनका लागि मतदान हुनेछ ।”
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology