Logo

२०८३, श्रावण ३०गते


images
images

अधिवेशन भएको ७ महिनापछि अखिल क्रान्तिकारीको पदाधिकारीले पायो पूर्णता

अधिवेशन भएको ७ महिनापछि अखिल क्रान्तिकारीको पदाधिकारीले पायो पूर्णता

images
  • अधिवेशन भएको ७ महिनापछि अखिल क्रान्तिकारीको पदाधिकारीले पायो पूर्णता
    images
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले पूर्णता पाएको छ। गत असोजमा अखिल क्रान्तिकारीको अधिवेशन भएको थियो। अधिवेशनले पञ्चा सिंहलाई अध्यक्ष चयन गरेको थियो।

    images
    images
    images

    शनिबार र आइतबार बसेको पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', फ्रयाक्सन इन्चार्ज हितमान शाक्यसहितको अखिल क्रान्तिकारी केन्द्रीय कमिटी बैठकले पदाधिकारी टुंगो लगाएको हो।

    images
    images
    images

    आइतबार चयन भएका पदाधिकारीमा १९ जना उपाध्यक्ष रहेका छन् । जसमा इन्द्र भुसाल, जीपी मैनाली, टुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशीलगायत रहेका छन् ।
    त्यस्तै महासचिवमा दिपेश पुन र कोषाध्यक्षमा भूषण शाही चयन भएका छन् । अखिल क्रान्तिकारीको केन्द्रीय कमिटी २९९ सदस्यीय हुने भनिएपनि अहिले १९९ सदस्यीय मात्र छ ।

    images
    images
    images

    अधिवेशन भएको सात महिनापछि अखिल क्रान्तिकारीको पदाधिकारीले पूर्णता पाएको हो। पदाधिकारी ४१ सदस्यीय बनेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।