Logo

२०८३, श्रावण ३०गते


images
images

अखिल क्रान्तिकारी देवदह नगर अध्यक्षमा न्यौपाने चयन

अखिल क्रान्तिकारी देवदह नगर अध्यक्षमा न्यौपाने चयन

images
  • अखिल क्रान्तिकारी देवदह नगर अध्यक्षमा न्यौपाने चयन
    images
    images

    देवदह । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को देवदह नगर अध्यक्षमा रविन न्यौपाने चयन भएका छन । मंगलबार देवदहको सहिद स्मृति प्रतिष्ठानमा सम्पन्न संगठनको दोस्रो नगर सम्मेलनले न्यौपानेको नेतृत्वमा १७ सदस्यीय नयाँ समिति निर्वाचित गरेको संगठनका निवर्तमान नगर अध्यक्ष शिव काफ्लेले जानकारी दिए ।

    images
    images
    images

    जसको उपाध्यक्षमा मेलिना भुसाल, सचिवमा सन्ध्या सिंजाली, सहसचिवमा कुशल भण्डारी र कोषाध्यक्षमा अन्जु कुमारी विक सहित सदस्यहरू रहेको संगठनले जनाएको छ । 

    images
    images
    images

    सम्मेलनको उद्घाटन सत्रमा बोल्दै अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य सौरभ भुसालले विद्यालय र क्याम्पसमा हुने बेथितिको विरूद्ध लड्ने विद्यार्थी संगठन अखिल क्रान्तिकारी रहेको दावी गरे । माटो सुहाउँदो शिक्षा र विद्यार्थीको हकहितमा आवाज उठाउने र लड्ने संगठन क्रान्तिकारी भएको जिकिर गर्दै उनले क्रान्तिकारी नै विद्यार्थी आन्दोलनको नेता संगठन भएको तर्क गरे । 

    images
    images
    images

    सम्मेलनमा माओवादी नेताहरू मोतीलाल ढकाल, गोविन्द ठटराई, क्रान्तिकारीका जिल्ला अध्यक्ष कपिल चापागाईं लगायतले बोलेका थिए ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अखिल क्रान्तिकारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।