बुटवल । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) रुपन्देही जिल्ला समितिमा पहिलोपटक निर्वाचनबाट नेतृत्व चयन भएको छ । संगठनको २३ओैँ जिल्ला सम्मेलनमा सर्वाधिका मत प्राप्त गरेर टिकाराम आचार्य अध्यक्ष चयन भएका छन् ।
आचार्य अध्यक्ष पदका अर्का प्रतिष्पर्धी माधव अर्याललाई पराजित गर्दै अध्यक्ष चुनिएका हुन् । निर्वाचनमा आचार्यले ७३ मत प्राप्त गरेका छन् भने अर्यालले २४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपाध्यक्षमा हिमाल खनाल, विशाल पाैडेल र धनी कुमारी पन्थी निर्वाचित भएको क्रान्तिकारीका निवर्तमान अध्यक्ष कपिल चापागाईंले जनाकारी दिए ।
अध्यक्ष र उपाध्यक्ष बाहेकका पदमा भने सर्वासम्बत नेतृत्व चयन भएको छ । जस अन्तरगत सचिवमा अंकित पाैडेल र काेषाध्यक्षमा केशव पाैडेल चयन भएका छन् भने सहसचिवमा प्रजित जंग कुँवर, माधवी अधिकारी र अर्चना यादव रहेका छन् ।
सम्मेलनबाट मतदानको प्रक्रिया र सर्वसम्मत गरि ४१ सदस्यीय समिति चयन भएको निर्वाचन समितिका संयोजक उपप्राध्यापक इन्द्र बहादुर विश्वकर्मा जानकारी दिए ।
सेतोमसीसंग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष आचार्यले अखिल क्रान्तिकारीको सांगठनिक नेतृत्व चयनमा ब्रेकथ्रु भएको बताए । सम्मेलनका प्रतिनिधिले मतदानको प्रक्रियाबाट निर्वाचित नेतृत्वले विगतमाभन्दा थप जिम्मेवार र व्यवस्थित तरिकाले विद्यार्थीका एजेन्डा उठाउने उनको भनाइ छ ।
भदौ १८ र १९ गते भैरहवामा सम्पन्न क्रान्तिकारीको सम्मेलनलाई पार्टीका केन्द्रिय उपमहासचिव वर्षमान पुन 'अनन्त' लगायतले सम्बोधन गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology