Logo

२०८३, श्रावण ३०गते


images
images

अखिल क्रान्तिकारीद्वारा विद्यार्थी नेता सम्मान तथा भित्तेपात्रो विमोचन

अखिल क्रान्तिकारीद्वारा विद्यार्थी नेता सम्मान तथा भित्तेपात्रो विमोचन

images
  • अखिल क्रान्तिकारीद्वारा विद्यार्थी नेता सम्मान तथा भित्तेपात्रो विमोचन
    images
    images

    बुटवल । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रुपन्देही जिल्ला समितिले स्ववियु विजेता विद्यार्थी नेतालाई सम्मान तथा २०८२ सालको भित्तेपात्रो विमोचन गरेको छ । बिहिवार एक बुटवलमा एक कार्यक्रम क्रान्तिकारीले सम्मान तथा पात्रो विमोचन गरेको हो । 

    images
    images
    images

    कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा हरेक दुई वर्षमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल (क्रान्तिकारी)का प्रतिनिधिका रूपमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको क्रान्तिकारीले जनाएको छ । 

    images
    images
    images

    सम्मानित हुनेहरुमा शहीद नारायण पोखरेल रामापुर क्याम्पसका स्ववियु उपाध्यक्ष श्रद्धा अर्याल, सचिव हिमनारायण पौडेल, सदस्य अमृत थारु र आशिका काफ्ले छन् । हरैया बहुमूखी क्याम्पस स्ववियु कार्यसमितिमा निर्वाचित कोषाध्यक्ष अमृता ज्ञवाली, सहसचिव दीक्षा पुन र सदस्य अस्मी थापा तथा देवदह बहुमूखी क्याम्पस स्ववियु सचिवमा निर्वाचित रविन न्यौपाने र सदस्य मीनाक्षी विश्वकर्मा पनि सम्मानित भए ।

    images
    images
    images

    संगठनले २३ औं जिल्ला सम्मेलनको निर्वाचन समिति र संगठनमा ३२ वर्षे उमेर हद लाग्ने वा नलाग्ने विषयमा निर्णय गरेको निर्वाचन समितिलाई पनि सम्मान गरिएको जनाएको छ ।  

    कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बामदेव क्षेत्रीले सम्मानित विद्यार्थीहरुलाई शैक्षिक क्षेत्रमा गुणस्तर सुधारको पक्षमा काम गर्न आग्रह गरे। उनले विद्यार्थीहरुको हकहितका लागि नेतृत्वले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे । कार्यक्रममा क्रान्तिकारीका लुम्बिनी प्रदेश उपाध्यक्ष कपिल चापागाई लगायतले बोलेका थिए । 

    अखिल (क्रान्तिकारी) रुपन्देहीका अध्यक्ष टीकाराम आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गोविन्द केसी, नेकपा (माओवादी केन्द्र) बुटवल उपमहानगर अध्यक्ष महेन्द्र भूषाल लगायतका नेताहरुको पनि उपस्थिति थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अखिल क्रान्तिकारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।