काठमाडौं । अखिल (क्रान्तिकारी) मधेश प्रदेश ले आईतबार सर्लाहीको हरिवनमा बृहत भेला कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा अखिल क्रान्तिकारीको केन्द्रीय संयोजक पवन कार्कीको प्रमुख आतिथ्यतामा, प्रदेश संयोजक शिवराज धमलाको सभातित्वमा, नेपाल कमयुनिष्ट पार्टी माओवादी केन्द्रको पूर्व केन्द्रीय सदस्य तथा जनसांस्कृतिक मंच मधेश प्रदेशका अध्यक्ष भक्ति रिजाल, अखिल (क्रान्तिकारी) का विभागिय प्रुखहरु बालकुमार केसी, दिनेश यादव, राजेश पटेल, चेत प्रसाद बोलाखे, जुबैर आलम , संजिव फ्युयाल, विशेष प्रदेश संयोजक संजिव कार्की, विभागिय सचिव विवेक मैनाली, एहशान अन्सारी लगाएतका केन्द्रीय नेताहरुको उपस्थितिमा मुश्लिम विभाग प्रमुख जुबेर आलमद्वारा सञ्चालित कार्यक्रम भवयताकासाथ सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा देशमा भएको विभिन्न समयको आन्दोलनहरु मध्य मधेशी जनताको अधिकार दिलाउने आन्दोलन भनेको नेकपा (माओवादी केन्द्र) ले सुरु गरेको दश वर्षे महान जनयुद्ध र त्यसको जगमा सुरु भएको ६२/६३ को जनआन्दोलन र मधेश आन्दोलन नै हो । अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा भएको जनआन्दोलनले विभिन्न समायमा भएको परिवर्तनको आन्दोलनहरूको सेफ ल्याण्डिङ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना गर्दै गरेको इतिहासले पुष्टि गरिसकेको छ बताएका छन् । मधेशी, मुश्लिम, जनजाति, महिला, हरेक जातजाति , क्षेत्र, भेषभुषा, लिङ्गको अधिकार सुनिश्चित गर्दै नेपाली जनताको संविधान बनाउने सफल राजनेता हुन भनेर बताए ।
यस मधेश प्रदेशको बृहत भेला कार्यक्रम, अखिल (क्रान्तिकारी) को संगठन सुध्रिदिकरण अभियान अन्तर्गत सञ्चालन भएको हो भने मधेश प्रदेशको सबै जिल्लाहरूको भेला हुने, हरेक पालिका र इकाईहरुमा वास्तविक विद्यार्थी अखिल (क्रान्तिकारी) अभियान चलाएर संगठन सुदृढीकरण गर्दै संगठन निर्माण कार्यलाई तीब्रता दिइनेछ प्रवक्ता यादवले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology