Logo

२०८३, श्रावण ३०गते


images
images

क्रान्तिकारी रुपन्देहीले टुङ्यायो पाँच क्याम्पसका स्ववियु सभापति उम्मेदवार

क्रान्तिकारी रुपन्देहीले टुङ्यायो पाँच क्याम्पसका स्ववियु सभापति उम्मेदवार

images
  • क्रान्तिकारी रुपन्देहीले टुङ्यायो पाँच क्याम्पसका स्ववियु सभापति उम्मेदवार
    images
    images

    बुटवल । आसन्न चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिदै गर्दा विद्यार्थी संगठनहरू चुनावी रणनीति र उम्मेदवार चयनमा व्यस्त छन्। विद्यार्थीमा लोकप्रिय र जनमत आफ्नो पकडमा राख्न सक्ने विद्यार्थीलाई उम्मेदवार बनाउने र जीत हासिल गर्ने रणनीतिमा विद्यार्थी नेताहरू जुटेको देख्न सकिन्छ। 

    images
    images
    images

    सोहि सन्दर्भमा नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी रुपन्देहीले विभिन्न क्याम्पसमा आफ्ना उम्मेदवार घोषणा गर्ने र प्रचार-प्रसार गर्ने कार्यमा जुटेको छ।  हालसम्म पाँच वटा क्याम्पसमा स्ववियु सभापतिमा उम्मेदवार सर्वसम्मत चयन गरिएको र अन्य क्याम्पसमा समेत गृहकार्य भैरहेको क्रान्तिकारीका जिल्ला अध्यक्ष कपिल चापागाईंले जानकारी दिए। 

    images
    images
    images

    अध्यक्ष चापागाईंका अनुसार अखिल क्रान्तिकारी रुपन्देही बुटवल बहुमुखी क्याम्पसमा शिब खवास, भैरहवा बहुमुखी क्याम्पसमा मनिष ढकाल, सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा हिमाल खनाल, सहिद नारायण पाेखरेल क्याम्पस रामापुरमा नारायण न्यौपाने र देवदह आदर्श बहुमुखी क्याम्पसमा धना पन्थीलाई स्ववियु सभापतिको उम्मेदवार बनाएको छ ।

    images
    images
    images

    रुपन्देहीमा तीन त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पस र आठ त्रिविबाट सम्बन्धन प्राप्त गरि सहित ११ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुदैछ भने नेकपा एमाले निकट अनेरास्ववियु, नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी निकट अखिल क्रान्तिकारी सहित दर्जनको हाराहारीमा विद्यार्थी संगठनहरू निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।