Logo

२०८३, श्रावण २७गते


images
images

गुल्मीमा मानव अधिकार तथा शान्ति समाज गठन

गुल्मीमा मानव अधिकार तथा शान्ति समाज गठन

images
  • सेतोमसी सहकर्मी
  • गुल्मीमा मानव अधिकार तथा शान्ति समाज गठन
    images
    images

    अनिष पन्थी, चैत १८, गुल्मी।  गुल्मीमा मानव  तथा शान्ति समाज गठन गरिएको छ । गुल्मीको सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक बिद्यालयमा उक्त कार्यक्रम गरिएको हो।

    images
    images
    images

    मानव अधिकार तथा शान्ति समाज नेपालका केन्द्रिय  उपसभापति कृष्णबहादुर रावलको उपस्थितिमा सोमबार जिल्लाको सदरमुकाम तम्घासमा भएको भेलाले जिल्ला कार्य समितिको गठन गरेको हो ।

    images
    images
    images

    भेलाले ढुण्डीराज पोखरेलको सभापतिमा१५ सदस्यीय जिल्ला कार्य समितिको गठन गरेको छ । जसको उपसभापतिमा डोरविक्रम श्रीस, सचीव गणेशबहादुर अधिकारी, सहसचिव बालसिंह खत्री र कोषाध्यक्षमा शान्ति नेपाली रहुनुभएको छ। सदस्यहरुमा गुणानिधि शर्मा, विनोद पाण्डे, लक्ष्मी अर्याल, थम्मन बहादुर केसी, रमेश विश्वकर्मा, दिलिप कुमार थापा, विजय शर्मा, निर्मला अर्याल, शारदा भलामी र विपना थापा रहेका छन् ।

    images
    images
    images

    समितिले मंगलबार केन्द्रीय उपसभापति रावलको उपस्थितिमा सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई मानव अधिकार तथा लागु औषध दुर्व्यसन विरुद्धको सचेतना कार्यक्रम समेत  गरेको थियो । 

    त्यस्तै समितिले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र प्रहरी प्रमुख गोपालचन्द्र भट्टराईसंग भेटघाट समेत गरेको छ ।  भेटघाट कार्यक्रममा संस्थागत परिचयात्मक कार्यक्रम गरिएको थियो। "मानव अधिकारका विषयमा यस संस्थाले बोल्दै आएको छ" केन्द्रीय उपसभापति रावल भने । उनले संस्थाले सबैसंग समन्वय गरेर आफ्ना कार्यक्रमहरु अगाडी बढाउने बताएका छन ।

    प्रमुख जिल्ला अधिकारी शर्माले आफुले  हरेक क्रियाकलापमा सहजीकरण गर्ने बताए । संस्थाले कार्य क्षेत्र अनुसारको जिल्लामा देखीने कार्य गर्न समेत प्रमुख जिल्ला अधिकारी शर्माले आग्रह गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।