Logo

२०८३, आश्विन १०गते


images
images

पाकिस्तानविरुद्धको एकदिवसीय सिरिज खेल्ने वेस्ट इन्डिज टिमको घोषणा

पाकिस्तानविरुद्धको एकदिवसीय सिरिज खेल्ने वेस्ट इन्डिज टिमको घोषणा

images
  • पाकिस्तानविरुद्धको एकदिवसीय सिरिज खेल्ने वेस्ट इन्डिज टिमको घोषणा
    images
    images

    काठमाडौँ । वेस्ट इन्डिजले पाकिस्तानविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको लागि आफ्नो टोली घोषणा गरेको छ । यस पटक फास्ट बलर अल्जारी जोसेफलाई आराम दिइएको छ भने अलराउन्डर रोमारियो शेफर्ड एकदिवसीय टोलीमा फर्किएका छन् ।

    images
    images
    images

    शेफर्डले अन्तिम पटक डिसेम्बर २०२४ मा एकदिवसीय खेलेका थिए । उनी यस वर्ष इङ्गल्याण्ड र आयरल्याण्ड विरुद्धको एकदिवसीय सिरिजमा टोलीको हिस्सा थिएनन् । हालै, वेस्ट इन्डिजले पाकिस्तानसँग टी-२० सिरिज २-१ ले हारेको थियो, तर एकदिवसीयमा उनीहरूको घरेलु प्रदर्शन बलियो रहेको छ ।

    images
    images
    images

    उनीहरूले घरेलु मैदानमा पछिल्ला तीन एकदिवसीय सिरिज जितेका छन् । सिरिजका तीनै खेल अगस्ट ८, १० र १२ मा त्रिनिदादको ब्रायन लारा क्रिकेट एकेडेमीमा खेलिनेछन् । वेस्ट इन्डिजको एकदिवसीय टोलीमा शाई होप (कप्तान), ज्वेल एन्ड्रयू, जेडिया ब्लेड्स, किसी कार्टी, रोस्टन चेस, म्याथ्यू फोर्ड, जस्टिन ग्रीभ्स, अमिर जांगु, शमर जोसेफ, ब्रान्डन किंग, इभिन लुइस, गुडाकेश मोती, शेर्फेन रदरफोर्ड, जेडेन सिलेस र रोमारियो शेफर्ड रहेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।