Logo

२०८३, श्रावण ३०गते


images
images

एनपीएल

एनपीएलको मिनी अक्सन : कुन कुन खेलाडीमा लाग्यो बोली ?

एनपीएलको मिनी अक्सन : कुन कुन खेलाडीमा लाग्यो बोली ?

images
  • एनपीएलको मिनी अक्सन :  कुन कुन खेलाडीमा लाग्यो बोली ?
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को मिनी अक्सन जारी रहेको छ । अहिलेसम्म फ्रेन्चाइजीहरुले खेलाडी किन्नेक्रम जारी रहेको छ । मिनी अक्सनको पहिलो ब्रेकसम्म ११ खेलाडीलाई बिभिन्न फ्रेन्चाइजीले किनेका छन् । 

    images
    images
    images

    मिनी अक्सनमा अलराउण्डर पवन सराफ कर्णाली याक्समा आबद्ध भएका छन् । ए क्याटोगोरीमा रहेका सराफलाई कर्णालीले १५ लाखमा किनेको हो । पवन इन्जुरिका कारण एनपीएलको पहिलो संस्करण खेलेका थिएनन ।

    images
    images
    images

    एनपीएलको मिनी अक्सनमा कुल १६४ खेलाडी प्रस्तुत हुने भएका छन् । जस अनुसार क्याटोगरि ए मा ९ जना, समुह बी मा ३७ र समुह सी मा ११८ खेलाडी रहेका छन् । आठ फ्रेन्चाइजीले १६४ खेलाडीबाट ३७ खेलाडी किन्ने छन् ।  

    images
    images
    images

    अक्सनमा ब्याट्सम्यान अर्जुन कुमाल पोखरा एभेन्जर्समा आबद्ध भएका छन् । बी क्याटोगोरीमा रहेका कुमाललाई पोखराले ५ लाखमा किनेको हो । अर्जुन कुमालले एनपीएलको पहिलो संस्करणमा सुदूरपश्चिममा आवद्ध भएपनि खेल्न पाएका थिएनन् ।

    यस्तै विकेटकिपर ब्याट्सम्यान साहिल पटेल विराटनगर किंग्समा आबद्ध भएका छन् । बी क्याटोगोरीमा रहेका पटेललाई विराटनगरले ५ लाखमा किनेको हो । 

    त्यसैगरी स्पिनर सूर्य तामाङ विराटनगर किंग्समा आबद्ध भएका छन् । ए क्याटोगोरीमा रहेका बायाँ हाते स्पीनर तामाङलाई विराटनगरले १० लाखमा किनेको हो । उनी पहिलो सिजनमा लुम्बिनी लायन्सबाट खेलेका थिए ।

    त्यस्तै अक्सनमा अर्जुन साउदलाई चितवन रोयल्सले किनेको छ । विकेटकिपर ब्याट्सम्यान साउदलाई लक्की ड्र मार्फत चितवनले १५ लाखमा किनेको हो । 

    यसैगरी यू–१९ टिमका कप्तान तथा तीव्र गतिका बलर हेमन्त धामीलाई सुदूरपश्चिम रोयल्सले किनेको छ । 
    हेमन्तलाई लक्की ड्र मार्फत सुदूरपश्चिमले १) लाखमा किनेको हो । लुम्बिनी , जनकपुर र सुदुरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सले धामीलाई किन्ने इच्छा देखाएकोमा ड्र मार्फत उनी सुदूरपश्चिममा आवद्ध भएका हुन् । यसअघि पहिलो सिजनमा धामी जनकपुर बोल्ट्सबाट खेलेका थिए ।

    अहिलेसम्म कुन खेलाडी कतिमा विक्रि भए ?
    चितवन राइनोज :
    १– देव खनाल– १५ लाख
    २– अर्जुन साउद–१५ लाख

    लुम्बिनी लायन्स :

    १– दिलिप नाथ– १० लाख

    सुदूरपश्चिम रोयल्स :

    १– हेमन्त धामी–१० लाख
    २– टेक बहादुर रावत– २ लाख

    विराटनगर किंग्स :

    १–सुर्य तामाङ– १० लाख
    २– सहिल पटेल– ५ लाख 

    काठमाडौँ गोर्खाज :

    १– उत्तम थापा मगर– ३ लाख

    जनकपुर बोल्ट्स  :

    १– सचिन भट्ट– २ लाख 

    कर्णाली याक्स :

    १– पवन सराफ–१५ लाख

    पोखरा एभेन्जर्स :

    १– अभिषेक तिवारी– २ लाख

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।