Logo

२०८३, श्रावण ३०गते


images
images

एसियन कप

एएफसी यू-२० महिला एसियन कप छनौटमा नेपालले आज उत्तर कोरियाको सामना गर्दै

एएफसी यू-२० महिला एसियन कप छनौटमा नेपालले आज उत्तर कोरियाको सामना गर्दै

images
  • एएफसी यू-२० महिला एसियन कप छनौटमा नेपालले आज उत्तर कोरियाको सामना गर्दै
    images
    images

    काठमाडौँ । नेपालले आज एएफसी यू-२० महिला एसियन कप छनौट अन्तर्गत उत्तर कोरियाको सामना गर्दैछ । यो खेल आज नेपाली समय अनुसार १: ४५ बजेदेखि शुरु हुने छ । खेलको प्रत्यक्ष प्रशारण भुटान फुटबल फेडेरेसनको युट्युब च्यानल https://www.youtube.com/@bhutanfootball/featured बाट हुने छ । यस खेलका लागि नेपालको प्लेइङ ११ सार्बजनिक भएको छ ।

    images
    images
    images

    उत्तर कोरियाविरुद्ध खेल्ने नेपाली टिममा गोलकिपर लिला जोशी डिफेन्डर सरिता कुमारीनाथ, माया मास्के, सिमरन राई, सजिना स्याङ्तान, गंगा रोकाया खेलिरहेका छन् भने मिडफिल्डमा सुक्रिया मिया, बर्षा ओली र बिर्साना चौधरी छन् । त्यस्तै फरवार्डमा पूर्णिमा राई र मीना देउवा खेलिरहेका छन् ।

    images
    images
    images

    यसअघि नेपालले भुटानसँग १-१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा साउदी अरबलाई १-० गोल अन्तरले पराजित गरेको थियो । नेपाल समुह ए मा अहिले २ खेलमा अपराजित रहदै ४ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै उत्तर कोरियाले पहिलो खेलमा साउदी अरबलाई १५-० गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा भुटानलाई १०-० गोल अन्तरले पराजित गरेको थियो ।

    images
    images
    images

    समुह ए बाट भुटान र साउदी अरेबिया छनौटको दौडबाट बाहिरिएका छन् भने नेपालले आफ्नो सम्भावना कायम राख्न उत्तर कोरियालाई पराजित गर्ने वा बराबरी खेल्ने विकल्प रहेको छ । नेपाल शिर्ष स्थानमा पुग्न उत्तर कोरियालाई २५ गोलको अन्तरमा पराजित गर्नुपर्ने अवस्था छ., जुन सम्भव देखिदैन । यस अवस्थामा नेपालले सामान्य जित र बराबरीको विकल्प लिएर मैदानमा उत्रिने छ ।   

    आठ समुहको शिर्ष स्थानमा रहने देश एएफसी यू-२० महिला एसियन कपका लागि छनौट हुने छन भने हरेक समुहको दोस्रो स्थानमा रहेका शिर्ष तीन देश पनि एशिया कपका लागि छनौट हुने छन् । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।