Logo

२०८३, श्रावण ३०गते


images
images

एसियन कप

उत्तर कोरियासँग नेपाल ११-० ले पराजित

उत्तर कोरियासँग नेपाल ११-० ले पराजित

images
  • उत्तर कोरियासँग नेपाल ११-० ले पराजित
    images
    images

    काठमाडौँ । एएफसी यू-२० महिला एसियन कप छनौट अन्तर्गत नेपाल उत्तर कोरियासँग पराजित भएको छ । आइतबार भुटानमा सम्पन्न खेलमा उत्तर कोरियाले नेपाललाई ११-० गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    पहिलो हाफमा ५ गोल गरेको उत्तर कोरियाले दोस्रो हाफमा ६ गोल गरेको थियो । खेलमा उत्तर कोरिया नेपालमाथि पूर्णरुपमा हावी भएको छ ।

    images
    images
    images

    उत्तर कोरियाले यसअघि साउदी अरेबियालाई १५-० ले र भुटानलाई १०-० गोलले पराजित गरेको थियो । यो जितसँगै समुह ए मा तिनै खेल जितेर उत्तर कोरिया एएफसी यू-२० महिला एसियन कपमा छनौट भएको छ ।   

    images
    images
    images

    त्यस्तै नेपाल समुह ए मा ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेको छ । नेपालले पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेलेको थियो भने साउदी अरेबियालाई १-० गोलले पराजित गरेको थियो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।