Logo

२०८३, आश्विन ११गते


images
images

लुम्बिनी प्रदेशसभा

जनमत पार्टीद्वारा गीता गुरुङको ठाउँमा निलम पासवान सिफारिस गर्ने तयारी

जनमत पार्टीद्वारा गीता गुरुङको ठाउँमा निलम पासवान सिफारिस गर्ने तयारी

images
  • जनमत पार्टीद्वारा गीता गुरुङको ठाउँमा निलम पासवान सिफारिस गर्ने तयारी
    images
    images

    बुटवल । जनमत पार्टी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले राजीनामा दिएपछि उनको ठाउँमा दलित कोटाबाट निलम पासवानलाई सिफारिस गर्ने तयारी भएको छ । गुरुङ आदिवासी जनजाति (महिला) कोटाबाट समानुपातिक सदस्य थिइन् । सूची अनुसार पुरुषतर्फ राजनकुमार श्रेष्ठको नाम पठाउनुपर्ने भए पनि उनी दुई वर्षदेखि पार्टी सम्पर्कमा नभएकाले उनको नाम हटाइने भएको हो ।

    images
    images
    images

    पार्टीले जेठ २० गते श्रेष्ठलाई स्पष्टीकरण सोधे पनि उनले जवाफ नदिएपछि बन्दसूचीबाट हटाउने र निलमको नाम पठाउने निर्णय गरेको हो । सिरहाकी निलम लुम्बिनी प्रदेशमा बसोबास गर्दै आएको सो पार्टीको दाबी छ । पार्टी अध्यक्ष डा. सिके राउत मुलुक फर्केपछि अर्को हप्तातिर निर्वाचन आयोगमा सिफारिस पठाइने जनाइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।