Logo

२०८३, आश्विन ११गते


images
images

दाङको नवनिर्मित भवनमा लुम्बिनी प्रदेशसभा सदस्यको सपथ, नौ जनाले रोजे मातृभाषा

दाङको नवनिर्मित भवनमा लुम्बिनी प्रदेशसभा सदस्यको सपथ, नौ जनाले रोजे मातृभाषा

images
  • दाङको नवनिर्मित भवनमा लुम्बिनी प्रदेशसभा सदस्यको सपथ, नौ जनाले रोजे मातृभाषा
    images
    images

     काठमाडौं । लुम्बिनी प्रदेशसभाका सदस्यहरुले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा आइतबार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

    images
    images
    images

    प्रदेशसभा सदस्यहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराएका हुन् । ८७ जना प्रदेशसभा सदस्यमध्ये नौ जनाले आफ्नै मातृभाषामा शपथ लिएका छन् भने अरुले नेपाली भाषामा नै शपथ लिएका छन् ।

    images
    images
    images

    स्थायी राजधानी दाङको देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा तयार भएको प्रदेशसभा भवनमा उनीहरुले शपथ ग्रहण गरेका हुन् । प्रदेशसभा नियमावली २०७९ को दफा ४ को उपदफा १ बमोजिम प्रदेशसभामा निर्वाचित भइ आउने सदस्यलाई प्रदेश प्रमुखले पद तथा गोपनियताको शपथ ग्रहण गराउने व्यवस्था अनुसार प्रदेश प्रमुखबाटै शपथ ग्रहण गराइएको हो ।

    images
    images
    images

    शपथ ग्रहण र सोमबार बस्ने प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकका लागि प्रदेश सरकारको १० करोड बढी लागतमा देउखुरीमा बनेको प्रदेशसभा भवनको अधिकांश काम सकिएको छ । अहिले सजावटको काम भइरहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले बताए । ‘हामी अब अन्तिम तयारीको अवस्थामा छौं,’ उनले भने, ‘अघिल्लो प्रदेशसभाले तोकेको स्थायी राजधानीको प्रदेशसभा भवनमा शपथ ग्रहण भएको छ भने यही भवनमा पहिलो बैठक हुनेछ ।’

    लुम्बिनी प्रदेशसभामा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ गरी ८७ प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । प्रदेशसभामा २९ सिटसहित एमाले पहिलो दल बनेको छ । कांग्रेसले २७ सिट जितेको छ । माओवादी केन्द्रले ९, राप्रपा ४, नागरिक उन्मुक्ती ४, जसपा ३, जनमत ३, लोसपा ३, नेकपा एकीकृत समाजवादी १ र राष्ट्रिय जनमोर्चाले १ सिट जितेका छन् ।

    अघिल्लो प्रदेशसभामा ५ दलको उपस्थिति रहेकोमा यस पटक लुम्बिनी प्रदेश्सभाका दलको संख्या १० पुगेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेशसभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।