लुम्बिनी । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगरले आफूलाई कानुनअनुसार प्राप्त ‘स्वकीय सचिवालय’ हटाएको घोषणा गरेका छन् । उनले जारी गरेको प्रेस नोटमार्फत हाललाई उक्त सचिवालयीय सेवा सुविधा स्थगित गरिएको जानकारी सार्वजनिक गरेका हुन् ।
उनले जारी गरेको प्रेस नोटमा प्रदेश सभा पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ८ को उपदफा (१) अनुसार सभामुखलाई उपलब्ध हुने निजी सचिवालय तथा स्वकीय कर्मचारी सुविधा नलिने बताइएको छ ।
सभामुख घर्तीले विशिष्ट परिस्थितिलाई मध्येनजर राख्दै अर्को सुचना नहुँदा सम्मका लागि सचिवालय स्थगन गरिएको प्रेस नोटमा उल्लेख गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology